Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रविपछि एमालेका उप्रेती थपिए, गगनको तमासा

काठमाडौं । संसदका बाख्रे काजी गगन थापाको कर्कश चर्को छ । कटने काजी झण्डा हल्लाएर टेरामक्स खरिदको रु ३ अर्ब ८७ करोड लुट काण्डको बयान दिन पुग्दा बाख्रे काजीहरूको शिर झुकेन । किनकि भ्रषटचार गर्नु काँग्रेसको नैसर्गिक अधिकार हो । प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको लागि काँग्रेसका चिरञ्जीवी वाग्ले, खुमबहादुर खड्का, विजय गच्छदारहरू अख्तियारदेखि अदालतसम्म सम्मानित भए । सुजाता जोष्ट धमिजा र लाउडा जस्ता जनहितकारी काम गरे पनि अख्तियारको पाहुना बन्न पाइनन् भन्ने पछुतो काँग्रेसीहरूलाई हुन सक्छ । मुलुकले कानुनी राजको बाटो लागेको थियो भने एशियाली विकास बैङ्कको अनुदानमा व्यवसायिक कृषकलाई दिइएको अनुदान आफैं बाख्रा फर्म खोलेको देखाएर हजम गर्ने गणतन्त्रका सूत्राधार गगन थापाले हजम गरेको अनुदान फिर्ता गर्नु पथ्र्यो । फुर्ति कसैले नलाए हुन्छ । सिधा भ्रष्टाचारमा सरिक नभए पनि प्रदीप पौडेलm, विश्वप्रकाश शर्माहरूले फुर्ति लगाउन पर्दैन । विद्यार्थी नेता बन्दा प्रदीप पौडेल गल्ला नै हुन् । आमन्त्रण गर्ने व्यक्ति नेपालमा उनी आमन्त्रीत देशमा पुगेको लाजको पोको फुकेकै हो । काँग्रेसीले माओवादीको भोट नपाएको भए संसदमा ८८ सिटठको मालिक बन्न पाउँदैनथ्यो । ०७४ को मार्कोस डा आरजु राणा पछारिएको क्षेत्रबाट प्रकाश देउवा चुनाव जित्नैपथ्र्यो । माननीय शंकर भण्डारीहरूको व्यापार विजनेश के छ ? यस्ता काँग्रेसमा कति छन्, गुण्डा र ज्यानमारा जोगाउने धतुरेहरूले फुर्ति नलाए हुन्छ । समाजले यी धतुरेहरूलाई चिन्छ । संसदीय कालको १४ वर्ष, लोकतन्त्रको १५ वर्षसम्म काँग्रेस सत्ताच्यूत भएको ०७४ को चुनावपछिको ४१ महिना र ८० को फागुन २१ बाट हो ।
प्रचण्ड नेतृत्वकै सरकारका स्वास्थ्यमन्त्री गगन थापा नागरिकको स्वास्थ्य बीमा कार्यक्रम आफैंले सम्पत्ति बेचेर लगानी गरेझैं गर्छन् । यिनको पार्टी संगठन गर्ने तौर तरिका मतदाता रिझाउने शैली कस्तो होला । जसले आफ्नै थातथलो भएको वडामा काँग्रेसलाई चुनावमा जिताएनन् । रास्वपाको रवि लामिछाने भनेको सञ्चारकर्मी भएकै बेला पनि धुर्त हो । जसका बारेमा मेडिकल व्यवसायी दुर्गा प्रसाईको भनाई काफी छ । यहाँ प्रेम बानियाँ जोडिएका छन् । सञ्चार क्षेत्रमा यस्ता धतुरे धेरै छन् । पेशा र कर्मको आडमा जनताको गास खोस्ने अपराधी नै हुन्छ । गृहमन्त्री रवि लामिछाने नै जोडिएको सूर्यदर्शन सहकारी, सहारा बचत तथा ऋण सहकारीका जिबी राईको गिरोह सक्रिय सहकारीको ठगीका विषय जति गम्भीर हो त्यति नै गम्भीर गगनले झ्वाम पारेको एडिबीको अनुदान हो । गलत कुरा उठाउनुपर्छ । आफ्नालाई जोगाएर अर्कोको फण्डा उतार्नु प्रजातन्त्र होइन ।
अख्तियारले छानविन गर्दै गरेको ३ अर्ब ८७ करोडको टेरामक्स काण्डमा जोडिएका मोहन बस्नेतलाई स्वास्थ्यमन्त्री किन बनाइयो ? छानविन नभएर हो सुजाता कोइरालाले परराष्ट्रमन्त्री बन्दा मन्त्रालयबाट २५३ राहदानी चोरी गराएको केश सत्ता र पहुँचले दबाइएको पनि । जसरी काजीको केश छानविन भएन । अपराध सबै एउटै हो । प्रकृति फरक हो । यहाँ केपी ओली श्री ३ बन्दाको कोभिडकालको लुटमा ईश्वरहरू जोगाइए । सुन आफैं खाने पशुपति क्षेत्र विकास कोषका मान्छे दण्डित हुने भयो । धर्मशाला काण्ड, नेपाल ट्रष्टको जग्गा भाडा काण्ड, राष्ट्रिय निकुञ्जको जग्गा भाडा, नेपाल एयरलाई डुबाएर हिमालयन एयर पोस्ने काण्ड, गिरी बन्धु काण्ड त कति कानुन संवत कति गैर कानुनी भन्ने कुरा छानविनले देखाउँछ । सधैं काँग्रेस, एमाले र माओवादीकै हैकम चल्दैन । जनता यी पार्टीका नेताबाट आजित भएका छन् । सहकारी काण्ड, बहुपत्नी काण्ड, राहदानी र दागरिकता काण्ड भए पनि रवि लामिछाने जनतामा हाइहाई किन भए ? बाख्रे काजीहरूले बुझेका छन् ?
जनताले दश वर्षसम्म राज्यको दमन काँग्रेस र एमालेको जासुसीबाट बचेर आफू नखाएर मासु भात खुवाएको माओवादी अहिले वर्गीयता त्यागेर जातिवादी र परिवारवादी भएको छ । प्रचण्डको परिवारवाद कृष्ण महराको तस्करी, नारायणकाजी श्रेष्ठको गुटवाद, जनार्दन शर्माको नातावाद, टुलुटुलु हेरेर कोही माओवादी बन्दैन । सिद्धान्त, आदर्श, त्याग र समर्पण लत्याएपछिको माओवादी भ्रष्टाचार, तस्करीतन्त्रमा लागेको छ । एमालेका वामदेवले नै दिपक मलहोत्राबाट सुन तस्करी गरेर बल्खु दरबार बनाएको कुरा त्यो बेला चर्चामा थियो । खुमबहादुर खड्काले छवि भुषालहरूलाई बोके । सुन तस्करीबाट जग्गा प्लटिङमा लागेका दीपक मलहोत्रा यो बेला एमालेका श्री ३ केपी ओलीका आम्दानीका श्रोत हुन् । गिरीबन्धुमा उनी पनि नराम्ररी फसे । सहकारीको ठगीमा एमालेका सहकारी नायक केबी उप्रेतीले आठ अर्ब हिनामिना गरेछन् । आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारीका उनी अध्यक्ष हुन् । राष्ट्रिय सहकारी बैङ्कको सिइओ उप्रेतीको लुटमा नेकपा एमाले जोडिँदैन । जसरी गृहमन्त्री रवि लामिछाने आफैं जोडिएका छन् । अहिलेका गणना गर्ने नेता कोही पनि चोखा छैनन् । एउटा बात नलागेको कुनै नेता छैन । देशको आर्थिक क्षेत्रमा नजोडिए विदेशी डलर हजम गर्नेमा जोडिएका छन्, त्यही कारण संसदमा गृहमन्त्रीको भण्डाफोर गर्न जति सहज छ जनताका बीचमा गगनका कुरा पत्याइँदैन ।