Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रविभन्दा कुलमानसँग नजिकिए बालेन

काठमाडौं । वैकल्पिक शक्तिको हेर्डक्वार्टर बनेका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको राजनीतिक सक्रियता बढ्दै गएको छ । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने ग्यारेन्टी भएको घोषणा गरेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह अचानक राजनीतिक भेटघाटमा व्यस्त ह्न्। २०७९ को निर्वाचनमा काठमाडौँ सहरमा ६१ हजार ७ सय ६७ मत ल्याएर ठूला दललाई पछारेका शाहले यस बीचमा कुनै पार्टी रोजेनन् । उनी कुनै दलहरूको नजिक पनि भएनन् । बरु ठूला दलका नेताहरलाई गाली गरिरहेर चुनौती दिइरहे । बालेनलाई ठूला दलहरूले तह लगाउन निकै कोसिस गरे । तर युवाहरूको बलियो साथ र पुरानाको विकल्प बन्न सक्ने विश्वासले दलहरूको केही लागेन । दललाई नटेरेका उनै बालेन प्रत्यक्ष निर्वाचित कार्यकारीको वकालत गर्थे । तर अब उनी नयाँ दल दर्ता गरेर बहुमतसहित यही प्रणालीमा प्रधानमन्त्री हुने दाउमा छन्। गत आइतबार र सोमबारबाट राजनीति भेटघाटलाई तीव्र बनाएका बालनले बिहीबार झण्डै दर्जनसँग कुरा गरे । आइतबार र सोमबार दुई दिन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग वार्ता गरे। त्यसअगाडि बिहीबार झन् सक्रिय भएका उनले ऊर्जा मन्त्री कुलमान घिसिङ र उनीनिकट नेताहरूसँग बारम्बार वार्ता गरेको स्रोतले जनाएको छ । यस्तोमा बालेनको केमेस्ट्री कुलमानसँग मिलिरहेको नेताहरूको दाबी छ । अहिले उनी सबै वैकल्पिक शक्ति र पार्टीका नेताहरूसँग पनि संवादमा छन् । बुधबार बेलुकादेखि बिहीबारसम्म उनले २५–३० जनासँग भेटवार्ता गरेको उनको सचिवालय बताउँछ । उनीसँग भेटवार्ता गरेका अधिकांश नेताहरू कुरा सहकार्यनजिक पुगेको बताइरहेका छन्। उनीसँग भेटेका पूर्वस्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह त बालेन, कुलमान र रवि एक ठाउँमा आएर नयाँ पार्टी बन्ने दाबी नै गर्छन् । यता रास्वपा सभापति लामिछानेले पनि वार्ता सकारात्मक अभिव्यक्ति दिएर हिँडेका छन् । बालेनसँग बिहीबार ज्वागलको वार्ताबाट निस्किएका उनले फेरि शिशिर खनाललाई पठाए । वार्तामा संलग्न तथा बालेन्द्र र रविलाई नजिकबाट नियाल्नेहरूका अनुसार कुलमानसँग सहकार्यको सम्भावना बलियो रहेको बताउँछन् । रविसँग बालेनको कुरा नमिलिरहँदा कुलमानसँग सहकार्य नजिक पुगेको बताइएको छ। भेटवार्तामा संलग्न नेताहरूका अनुसार रास्वपासँग मिल्न अहिले समझदारी हुने अवस्था छैन । बाँकी वैकल्पिक शक्ति र जेन(जीसँग भने सहकार्य गरेर जाने सहमति जुटको छ । बालेनसँग विगतदेखि नै संवादमा रहेका नेताका अनुसार रास्वपासँग शक्तिको बाडँफाँटमा कुरा मिलेकै छैन । बालेन रास्वपाको सदस्यता लिएर पार्टीमा आउन चाहँदैनन् । उनी लौरो चुनाव चिह्न राखेर रास्वपा अगाडि जानुपर्ने र पूरा कार्यकाल प्रधानमन्त्री पाउनुपर्ने अडानमा छन् । रास्वपा पनि अहिले लचिलो भएर पलपुरको पछि लागेर पार्टी नै सदस्य नभएका बालेनलाई अगाडि बढाउने पक्षमा छैन । कुलमानलाई पनि मिलाएर सँगै जाऊँ भन्ने कुरा भइरहेको छ। बालेन र रविले वार्तापछि पनि आवश्यक परे थप कुरा गर्ने भनेका छन् । आफू बाहिरिएपछि रविले पठाएका शिशिरसँग लौरो चुनाव चिह्न राखेर पद दिए मात्रै रास्वपासँग सहकार्य हुने अडान बालेनले राखेको दाबी छ। भेटघाटमा संलग्न नेताका अनुसार रास्वपासँग भन्दा ऊर्जामन्त्री तथा उज्यालो नेपालका नेता कुलमान घिसिङसँग बालेनको कुरा अगाडि बढेको छ । बालेन र कुलमान मिलेमा नेता बालेन नै रहने नेताहरूको दाबी छ । उज्यालो नेपालका नेताहरू दुई नेता मिलेर बनेको पार्टीमा समाहित हुने तयारीमा छन् ।


सम्बन्धित समाचार

पुराना दलका शीर्ष भनिएकाहरुको बढारिए

२०८२ फाल्गुन २५

ताजा नेपाल

समानुपातिकमा कुन दलको कस्तो छ अवस्था ?

२०८२ फाल्गुन २५

ताजा नेपाल