Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमार्डाैं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई चितवनबाट राति नै पोखरा पुर्याइएको छ। सहारा चितवन सहकारी ठगी प्रकरणमा चितवन प्रहरीले सरकारी वकिलसमक्ष बयान लिइसकेपछि प्रतिनिधि सभा सदस्यसमेत रहेका रविलाई गएराति नै पुनः कास्की जिल्ला प्रहरीको हिरासतमा लगिएको हो। कास्की प्रहरी प्रवक्ता, डीएसपी वसन्तकुमार शर्माले रास्वपा सभापति लामिछानेलाई नै राति नै पोखरा ल्याइएको जानकारी दिए। सरकारी वकिलको कार्यालय चितवनमा बुधबार राति साढे ९ बजे बयान सकिएपछि रविलाई जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा लगिएको थियो। त्यसपछि उनलाई गाडीमार्फत पोखरा पुर्याइएको हो। पोखराको सूर्यदर्शन सहकारी ठगीअन्तर्गत संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेतको मुद्दामा कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका लामिछानेलाई स्वर्णलक्ष्मी सहकारीबारे बयान लिन यही मंसिर १३ गते काठमाडौँ ल्याइएको थियो। कालीमाटी मुख्य कार्यालय राखेर काठमाडौँका विभिन्न ठाउँमा शाखा कार्यालय सञ्चालन गरेको स्वर्णलक्ष्मीको बचत गैरकानुनी रूपमा परिचालन र ठगीमा संलग्न रहेको आरोपमा रविसँग काठमाडौँ प्रहरीले मंसिर १४ देखि १७ गतेसम्म राखेर ३ दिन बयान लिएको थियो। यसपछि उनलाई मंसिर १८ गते बिहानै चितवन पुर्याइएको थियो। त्यहाँ जिल्ला सरकारी वकिल कार्यालय, चितवनका न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलको रोहवरमा जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत ज्ञानकुमार महतोले रविसँग मंगलबार र बुधबार गरी २३ घण्टा बयान लिएका थिए।
२०८२ बैशाख ८
ताजा नेपाल
२०८२ बैशाख ८
ताजा नेपाल
२०८२ बैशाख ८
ताजा नेपाल