Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रवि पक्राउ पर्ने हल्लापछि निकिता पार्टी कार्यालयमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्ने हल्ला चलेपछि रास्वपा पार्टी कार्यालय चमतीमा १ बजेबाट भिडभाड बढेको छ । रास्वपा समर्थक तथा पार्टीका नेताहरू चमतीमा भेला हुने क्रम जारी छ । यसैबीच लामिछानेकी श्रीमती निकिता पौडेल पनि पार्टी कार्यालय पुगेकी छन् । अन्य नेताहरू पार्टी कार्यालयको कोठामा अनौपचारिक छलफलमा छन् । उनलाई प्रहरी पक्राउ गर्न पुगे मिडियासामु केही कुरा राखेर मात्र प्रहरीको साथमा जाने तयारी भइरहेको छ । तर रविलाई प्रहरीले आज पक्राउ गर्ने या नगर्नेबारे प्रहरी स्रोतले पनि खुलाएको छैन ।