Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रवि–बालेनबीचको दूरीबारे प्रधानमन्त्रीको संकेत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सरकारबीच दूरी बढेको चर्चाबीच प्रधानमन्त्री बालेन्द्र शाहले पार्टी सभापति रवि लामिछानेसँगको मतभेदबारे संकेत गरेका छन्।

प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई हटाउने सरकारको निर्णयप्रति लामिछानेले प्रश्न उठाउँदै सरकारले त्यसको औचित्य पुष्टि गर्नुपर्ने बताएका थिए। उनले सरकारले गरेका सबै निर्णयमा पार्टीले समर्थन नगर्ने र आवश्यक परे फरक धारणा राख्ने बताएका थिए।

रास्वपाका अन्य नेताहरूले पनि आईजीपी परिवर्तनको निर्णय पार्टीसँगको छलफलमा नभएको बताएका थिए।

यसको जवाफमा प्रधानमन्त्री शाहले बिहीबार राति फेसबुकमार्फत नेताहरूबीचको मतभेदलाई संकेत गर्दै टिप्पणी गरेका छन्।

उनले लेखेका छन्, ‘तपाईंहरूको कार्यकर्ता लड्छन्, नेता हाँसेर बस्छन्, हाम्रो नेता लड्छन्, मानवताले आश गर्छन्। फरक यति हो! देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ!’

प्रधानमन्त्रीको यो अभिव्यक्तिलाई रास्वपाको नेतृत्व र सरकारबीच बढ्दो असमझदारीसँग जोडेर हेरिएको छ।