Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रवीलाई अदालत पेस गरिँदै

काठमाडौं । शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा जोडिएका रवी लामिछानेसहित तीन जनालाई आज जिल्ला अदालत चितवनमा पेस गरिने भएको छ । म्याद थप गरेर अनुसन्धान थालिने चितवन प्रहरीले जनाएको छ ।
चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लका अनुसार लामिछानेसहित पक्राउ परेका युवराज कँडेललाई राति चितवन पुर्याइएको थियो ।
नुवाकोटका पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि रवि लामिछानेसहितका तीनजनाको नाम उल्लेख गर्दै मर्न बाध्य बनाएको भिडियो सार्वजनिक भएपछि अनुसन्धानका लागि उनीहरुलाई विहीबार प्रहरीले पक्राउ गरेको थियो ।
पुडासैनीको शव केही दिन अगाडि चितवनको कंगारु होटलको कोठा नम्बर २०२ मा झुण्डिएको अवस्थामा फेला परेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीका अनुसार लामिछानेलाई पानीपोखरीमा रहेको टेलिभिजन कार्यालयबाटै पक्राउ गरिएको हो ।


सम्बन्धित समाचार