Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र रुसबाट आएको प्रतिनिधिमण्डलको टोलीबीच नेपालमा रुसी खोप ल्याउने सहमति भएको भनिए पनि रुसी खोप आउनेबारे अझैसम्म टुङ्गो लाग्न सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत रुसी राजदूतसँग यसबारे छलफल गरे पनि परिणाम हात लागेको छैन । वैशाख १५ गते बुधबार मस्कोबाट आएको प्रतिनिधिमण्डल र स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीबाट ८० लाख डोज रुसी भ्याक्सिन किन्ने अनौपचारिक सहमति भएको थियो ।
स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले मूल्यको विषयमा छलफल भइरहेको र यसबारे केही दिनमै निर्णय हुने बताएका थिए । त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख १७ गते बालुवाटारमा रुसी राजदूत अलेक्सेई नोभिकोभसँग भएको भेटमा नेपालले स्पुतनिक–भी खोप प्रयोगका लागि अनुमति प्रदान गरिसकेको बताएका थिए । प्रधानमन्त्री ओलीले रुसबाट खोप ल्याउनेबारे सहजीकरण गरिदिन राजदूतसमक्ष आग्रह गरेका थिए । नेपालले खोप उत्पादक देशकै उच्चस्तरीय प्रतिनिधिसँग खरिद गर्ने सहमति गरेको भए पनि मुल्यमा कुरा नमिल्दा औपचारिक सम्झौता हुन सकेको छैन । रुसमा निर्मित कोरोनाविरुद्धको खोप स्पुतनिक–भीलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिइसकिएको छ । वैशाख ७ गते स्वास्थ्य सेवा विभागले उक्त खोपलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति प्रदान गरेको थियो । त्यसलगत्तै खोप निर्माता कम्पनीका प्रतिनिधि नेपालमा नै आइ खोप बिक्रीबारे छलफल गरेका थिए । अहिले नेपालले भारतसँग खरिद गरेको मूल्यभन्दा महङ्गो मूल्यको प्रस्ताव आएकाले तत्काल निर्णय नगरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । केही डोज खोप निस्शुल्क उपलब्ध गराउन पनि भनेका छौँ । अब केही दिनमै निर्णय होला सायद । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतम भने छलफल भए पनि कुनै निर्णय भने नभएको बताउँछन् । तर, कुनै निर्णय भने भइसकेको छैन । मन्त्रालय स्रोतका अनुसार सरकारले रुससँग सहुलियतमा खोप उपलब्ध गराउन आग्रह गरेको छ । हालको प्रस्तावित मुल्य महङ्गो भएको भन्दै केही अनुदानमा र बाँकी खोप सहुलियत मुल्यमा उपलब्ध गराउन सरकारले आग्रह गरेको छ ।
रुसी दूतावासमार्फत् रुस सरकारलाई पत्र लेखेर नै अनुदान र सहुलियतमा खोप उपलब्ध गराउन माग गरिएको छ । नेपालका १८ वर्षमाथिका २ करोड १४ लाख जनसङ्ख्यालाई खोप लगाउने सरकारको योजना छ । रुसले ८० लाख खोप दिएको अवस्थामा ४० लाख जनसङ्ख्यालाई दुई डोज खोप दिन मिल्छ । नेपालले राम्रोसँग पहल गरेको अवस्थामा रुसले नेपालका लागि आवश्यक सबै खोप दिन सक्ने हैसियत भए पनि सरकार खोपको मुल्य महङ्गो भएको भनेर अल्झिँदा रुसी खोपको अन्योल नहटेको हो ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल