Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
सर्वाधिक स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले आज आफ्नै पुरानो रेकर्ड तोड्दै १८४औं पटकको रक्तदान रसुवाको कालिका गाउँपालिकामा गर्नुभएको छ ।
नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा शाखा र कालिका हिमालय एस।एल।सी। २०५६ व्याज समूहले संयुक्तरुपमा आयोजित सो कार्यक्रममा जम्मा ८६ जनाले रक्तदान गर्नुभएको थियोे । कार्यक्रमका प्रमुख अतिथि बाबुलाल तामाङ सभापति नेरेसो रसुवा र अध्यक्ष नागरिक समाज रसुवाले सर्वाधिक स्वयंसेवी शतक रक्तदातालाई कर्माचार्यलाई दोसल्ला ओढाई सम्मान(पत्र प्रदान गरि सार्वजनिक सम्मान गर्नुभएको थियोे । त्यसैगरी कार्यक्रमका विशेष अतिथि एवं कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटाले पनि कालिका गाउँपालिकाको तर्फबाट पनि दोसल्ला ओढाएर सम्मान(पत्र प्रदान गरि सार्वजनिक सम्मान गरिएको थियोे ।

कालिका हिमालय एस।एल।सी। २०५६ बाय्ज अध्यक्ष रामप्रसाद डकाल र नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा जिल्ला शाखाका अध्यक्ष रामशरण गजुरेलको संयुक्त सभाध्यक्षतामा सञ्चालि उक्त कार्यक्रममा झमप्रसाद आचार्य प्रमुख जनस्वास्थ्य कार्यालय धुन्चे रसुवाका अतिथि रहनु भएका थिए । रक्तदान गर्नुहुने स्वयंसेवी रक्तदाताहरूलाई कार्यक्रममा सम्मानित व्यक्ति कर्माचार्यले प्रशंसा(पत्र बितरण गर्नुभएको थियोे ।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २२
ताजा नेपाल