Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
केहिसमयदेखि सङ्गतमा रहेका एक जना पात्रले म्यासेन्जरमा राष्ट्रगुरु योगि नरहरिनाथ र डा. केशरजंग रायमाझी विरुद्ध बमिट गरे । मलाई उनी परिपक्व राजा र राष्ट्रबादको आवरणमा रहेका इन्डो÷पश्चिमा सैन्य गिरोहसँग जोडिएका पात्र हुन् भन्ने थाहा थियो । उनलाई चिनेरै मैले भलाकुसारी गर्दथे । टङ्कप्रसाद आचार्य, डा.डिल्लीरमण रेग्मीदेखि मनमोहन अधिकारीसम्म धेरै बिशिस्ट ब्यक्तिहरूको अन्तरबार्ता लिएका उनको आवरण पत्रकार पनि हो । बाहिर देख्दा ऊनी कट्टर राजाबादी राष्ट्रबादी हुन् । उनले म्यासेन्जरमा राष्ट्रगुरु योगि नरहरिनाथलाई इन्डियन, केशरजंग रायमाझीलाई रुसी दलाल भनेर लेखेर मप्रति विष बमन गरे । रायमाझी र म प्रतिको उनको विषवमन ठिकै हो किनकि राजनीतिमा यस्ता कुरा सामान्य हुन्छन् । छद्वम भुमिकामा रहेका यसप्रकारका जासुसी मिसनका जागिरे पात्रहरूले धेरै समय भ्रम दिन सम्भव थिएन । योगि नरहरिनाथमाथिको उनको म्यासेन्जरमा पठाएको टिप्पणी हेरेपछि यस प्रकारका मानिसप्रती मलाई अत्यन्त घृणा लाग्यो र दया पनि लाग्यो । एउटा सिद्ध योगि जसले आफ्नो सम्पूर्ण जीवन देश, धर्म र राष्ट्रको लागि समर्पित गर्नुभयो उहाँप्रतिको उसको धारणा अत्यन्तै निच र घटिया थियो ।
एउटा सन्तमाथि राजाबादी र राष्ट्रबादको आवरणमा रहेको पात्रको टिप्पणी हेर्दा यहाँ सबैभन्दा खतरनाक देशद्रोहीहरू साधारण जन समूह र आस्था राख्ने समर्थकबाहेक राजा, राष्ट्रबादको आवरणमा देखिनेहरू छन् । यिनिहरूको मिशन राजा ज्ञानेन्द्रलाई दलाइलामा बनाउनेमै अहिलेपनि केन्द्रित छ । दुर्गा प्रसाइको आवरणमा विभिन्न बिजातिय तत्वहरूको आन्दोलनमा राजा ज्ञानेन्द्रको सम्लगनता देखिँदैन । यो आन्दोलनमा अन्य शक्तिको उपस्थिति देखिन्छ र उनीहरूका आ–आफ्ना उद्देश्य छन् । १)विघटन उन्मुख सेनाले यही अराजकतामा आफ्नो भूमिका खोजीरहेको छ । २) हिन्दू आवरणमा खेल्न खोजिरहेको आरएसएसले दुर्गा प्रसाईं आवरणको यही आन्दोलनबाट दलहरूलाई दवाव सिर्जना गरेर हिन्दूगणतन्त्रमा लैजान खोजिरहेको छ । गगन थापा जस्ता जर्ज स्वरोस जस्ता सिआइए एजेन्ट लगानीका पात्रहरूको अभिव्यक्ति त्यसैको पछिल्लो संस्करण हो । ६ महिनापछि भारतमा हुनलागेको लोकसभा निर्वाचनमा युपि, बिहार र पश्चिम बंगालमा नेपालको हिन्दूत्वलाई चुनावी मुद्दा बनाएर निर्वाचन जित्ने योजनामा आरएएस र भाजपा केन्द्रित देखिन्छन् । ३) यसैगरी काँग्रेस एमाले माओवादीबाट वाक्क भएको नेपाली जनमतहरू ठिकैछ यी पार्टीहरूको जग खल्बल्याउन दुर्गा आवरणको आन्दोलनप्रति सहानुभूति रहेको देखिन्छ, तर दुर्गाको आवरणको आन्दोलनमा सहभागी भए पनि उनीहरूका आ–आफ्नै उदेश्य छन् । ४) दुर्गा प्रसाइको आवरणमा भिड देखाएर राजाबादी खतराको हल्ला फैलाएर दलभित्रका इन्डो÷ पश्चिमाहरूलाई उत्तेजित बनाएर राजतन्त्रविरुद्ध दलका भातृसंगठन उतारेर राजालाई नेपालबाट भाग्न बाध्य पारेर नयाँ दलाइ लामा बनाउने अर्को गिरोह छ । किनभने राजा नेपालमै रहिरहँदा ऊनीप्रती बढेको जनआकर्षण देशी–विदेशी बाह्रय शक्तिकेन्द्रका लागि राजा बिरेन्द्रको हत्याकाण्ड हुँदा सुरक्षा हाम्रो होईन भन्ने सैन्य केन्द्रका लागि खपि नसक्नु भएको छ । ५) मदन भण्डारीको हत्या भएको दिन २०५० साल जेष्ठ ३ गतेसँगै एउटै गाडीमा आएर आवुखैरेनी उत्रिएका एकजना पूर्व एमाले र अहिले कम्युनिस्ट आवरणमै रहेका पात्रको राजा ज्ञानेन्द्रको निर्बासन हुनसक्छ भन्ने अभिव्यक्ति सामान्य होईन । यस्तै धम्किपुर्ण भाषा टिकाराम यात्रीले लिएको अन्तरबार्तामा सौरभ पनि बोलेका थिए । जुन रेकर्डमा हेर्न सकिन्छ । किशोर नेपाल, प्रतीक प्रधान, विजयकुमार र युवराज घिमिरेका अभिव्यक्तिहरू पनि यस्तै प्रकारका देखिन्छन् । यो उनीहरू आवद्ध शक्ति केन्द्रले दिएको सन्देश हो ।
यसकारण यस आन्दोलनको राजतन्त्र पुनःस्थापनासँग कुनै सम्बन्ध देखिँदैन । तथापि राजतन्त्रप्रति आस्था राख्नेहरूको स्वभाविक सहानुभूति हुनु अस्वभाविक होईन । विगतमा गणतन्त्र आउनु र बयलगाढा चढेर अमेरिका पुग्नु उस्तै हो भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लोकतन्त्रवादी र गणतन्त्रवादी बनाएर सडकमा उतारिएको छ । त्यसमा एउटै शक्तिकेन्द्रसँग जोडिएका महेश बस्नेत जसको आरएसएससँग राम्रो सम्बन्ध छ र भक्तपुरमा भारतीय दूतावासको सहयोगमा उनले बिकास निर्माणका धेरै योजना लैजान सफल ब्यक्ति हुन् । उनलाई अगाडि सारिएको छ । नेपालमा गणतन्त्र अफगानिस्तान र कम्बोडियामा जस्तै सेनालेनै ल्याएको हो । पार्टीहरू त देखाउने बुख्याचा मात्रैहुन् । अहिले बाहिर काँग्र्रेस एमाले माओवादी गणतन्त्रबादी जस्तो देखिएपनी सबैभन्दा गणतन्त्रबादी राजा, राष्ट्रवाद र नक्कली हिन्दू आवरणमा देखिनेहरू हुन् । राजाको सचिवालयनै सबैभन्दा गणतन्त्रबादी देखिन्छ ।
नेपालको भुराजनितिमा त्रिपक्षीय शक्ति सन्तुलन भारत–चीन मैत्री र बाह्य सन्तुलन बिना कुनै परिणाम आउँदैन । भिड देखाएर आन्तरिक राजनीति निर्वाचनमा पार्टीको शक्तिसन्तुलन तलमाथि हुनसक्छ तर भुराजनीतिक सन्तुलन बिना राजनीतिले कोर्ष परिवर्तन गर्न सक्तैन । तर बाहिर राजतन्त्रको हौवा खडागरेर एमालेलाई उतारिएकोछ । त्यसमा एउटै शक्तिकेन्द्र सङ्ग जोडिएका महेश बस्नेत जसको आर एस एस सङ्ग राम्रो सम्बन्ध छ र भक्तपुरमा भारतीय दूतावासको सहयोगमा उनले बिकास निर्माणका धेरै योजना लैजान सफल ब्यक्ति लाई अगाडि सारिएको छ । नेपालमा गणतन्त्र अफगानिस्तान र कम्बोडियामा जस्तै सेनालेनै ल्याएको हो । पार्टीहरूत देखाउने बुख्याचा मात्रैहुन् । अहिले बाहिर काङ्ग्रेस एमाले माओवादी गणतन्त्रबादी जस्तो देखिएपनी सबैभन्दा गणतन्त्रबादी राजा, राष्ट्रवाद र नक्कली हिन्दू आवरणमा देखिनेहरू हुन । राजाको सचिवालयनै सबैभन्दा गणतन्त्रबादी देखिन्छ । नेपालको भुराजनितिमा त्रिपक्ष शक्तिसन्तुलन बिना कुनै परिणाम आउदैन । भिड देखाएर आन्तरिक राजनीति निर्वाचनमा पार्टीको शक्तिसन्तुलन तलमाथि हुनसक्छ तर भुराजनिती संतुलन बिना राजनीतिले कोर्स परिवर्तन गर्न सक्तैन । दुर्गा प्रसाईं अगाडि देखिएपनी यो आन्दोलनका कतिपय पाटाहरू उहाँलाई जानकारी नहुन सक्छ ।
विषय पुरानै सन्दर्भ बर्तमान
सडकदेखि पार्टी र सोसल मिडियामा राजतन्त्र र गणतन्त्रको बहस चलाइएको छ । प्रश्न गणतन्त्र र राजतन्त्रको होईन नेपालको भुराजनितिक शक्तिसंतुलनका आधारमा निश्चित अधिकार सहित परम्परागत शक्तिको ब्यवस्थापन हो । भुमिका बिहिन रूपमा इन्डो/अमेरिकी मोडलमा सेनाको रक्षाकवजको रूपमा होईन । अफगानिस्तानमा राजा जाहिर शाहलाई अमेरिकीहरूले तालिवानको विकल्पमा प्रयोग गर्न खोजेका थिए । जबकि तालिवान स्वयं अमेरिकाले चलाएको थियोे, बाहिर इस्लामको आवरणमा अमेरिका बिरोधि जस्तो देखिन्थ्यो । ठिक नेपालमा शितयुद्दकालिन समयमा पुष्पलाल, रामराजाप्रसाद सिंहलाई र २०५२ पछि कथित माओवादी इन्डो÷अमेरिकी एजेन्सीको काम गरिरहेका थिए । तर बाहिर भारत÷अमेरिका बिरोधि देखाएर कम्युनिष्ट आवरणमा थिए । अहिले अफगानिस्तानमा तालिवानको विकल्पमा जाहिर शाहलाई जस्तै प्रस्ताव राजालाई गरेको देखिन्छ । जाहिर शाहले अमेरिकी षड्यन्त्र बुझेर अश्विकार गरे । अन्ततः जाहिर शाहमा कति दुरदर्शिता थियो भन्नेकुरा अमेरिकीहरूले पुनः तालिवानलाई सहयोग गरेर असरफ घानिलाई भाग्ने अवस्थामा पु¥याएको घटनाले पुष्टि गरेको छ । यदि जाहिर शाह अमेरिकी योजनामा राजा बनेको भए त्यसरीनै भाग्नुपर्ने थियोे । यतिबेला नेपालमा एजेन्डा बिहिन गणतन्त्र र एजेन्डा बिहिन राजतन्त्र अर्थहीन बहस एउटै शक्तिकेन्द्रबाट भैरहेको छ । राजतन्त्र हिजो थियो राजतन्त्र रहेकै अवस्थामा २०५८ जेष्ठ १९ को दरबार हत्याकाण्ड भयो । गणतन्त्र अहिले छ नेपाल सन्सारकै सबैभन्दा कमजोर बनेको छ । यसकारण निरपेक्ष गणतन्त्र र राजतन्त्रको बहस निरर्थक छ । निरपेक्ष गणतन्त्रनै सबै हो भन्नेहरू तालिवानी नयाँ नेपाली सस्करण हुन् भने निरपेक्ष राजतन्त्र मात्रै सबैहो भन्नेहरू राजालाई दलाइ लामा बनाउनेहरू हुन् । यसकारण प्रश्न राजतन्त्र र गणतन्त्रको होईन भुराजनीति शक्ति सन्तुलन सहितको परंरागत शक्ति राजतन्त्रको ब्यवस्थापन सहितको राजनीति निकासको हो ।
यसकारण राजाले हेक्का राख्न जरुरी छ सेनाको सुरक्षाकवज बन्ने भुल गर्नुभयो भने यिनिहरूले जसरी २०६१ माघ १९ मा अगाडि लगाएर सेनाले अन्त्यमा धोका दिएर यो अवस्थामा ल्यायो यो सेनाले अफगानिस्तानमा असरफ घानिलाई जस्तै नेपालबाट राजालाई बस्ननसक्ने अवस्था बनाएर अमेरिकीहरूको लागी नयाँ दलाइ लामा बनाउने छ । सडकमा देखिने प्रायोजित कथित राजाबादी भिड र सेनाको इन्डो÷अमेरिकी प्रस्तावदेखि राजा साबधान रहनुपर्ने देखिन्छ । अब राजालाई गल्ती गर्ने अपसन छैन । विघटन भैसकेका राजनीति दल र कम्बोडिया र अफगानिस्तानमा जस्तै विघटन उन्मुख सेनाको इन्डो÷अमेरिकी सुरक्षाकवज बन्नु एतिहासिक भुल हुनेछ । इतिहास शय÷पचास बर्षको हुदैन र भिडको आवाज पनि होईन । विश्व राजनीतिमा चीन÷रुस ध्रुवीकरण सिरिया, टर्कीमा अमेरिकी साम्राज्यवादको पराजय, मुस्लिम राष्ट्रहरूमा इरानको बढदो प्रभाव, भारतीय सेनामा रुसको प्राबिधिक प्रभाव आदि कारणले नेपालमा इन्डो÷ अमेरिकी ध्रुव लामो समय जानसक्ने अवस्थामा छैन । माओवादीको विघटन, काँग्रेस र सेनाको विघटन उन्मुख अवस्था एमाले भित्र अमेरिकी खेमाका केपी ओलिको बिकल्पको खोजी, अमेरिकी एजेन्सिको घेरा बाहिरबाट वामपन्थी ध्रुवीकरणको प्रयत्न रुस र चिनको नेपाल नीति एउटै देखिनुले अमेरिकीहरू संकटमा छन् । यो अवस्थामा हिजो गणतन्त्र ल्याएको इन्डो÷ अमेरिकी सेनालाई अहिले आफ्नो सुरक्षाकवजको लागि राजतन्त्र आवश्यक होला तर त्यो नेपाल एकीकरणको लिगेसिको राजतन्त्र हुन सक्तैन । यसर्थ नेपाल एकीकरणको लिगेसी बाहिरबाट राजाले सेना र इन्डो÷अमेरिकी हरूको योजनामा सहमति सहकार्य गर्नु हुँदैन । किनकि २०६१ माध १९ को कदम उक्साएर अन्तिममा धोका दिएको सेना सहितको देशीविदेशी शक्तिकेन्द्रले धोका मात्रै दिनेछैन देशबाट लखेटेर दलाइ लामा बनाउने सम्भावना नकार्न सकिँदैन । माओवादी हिसाका लडाकु यामबहादुर अधिकारी सैनिक जर्नेल र सैनिक जनरल कुमार फुदुङ माओवादी सभासद् बनेको सेना नेपाल एकीकरणको लिगेसिको सेना हुनै सक्तैन । सेना शुद्धिकरण नभै र भुराजनीतिमा चीन÷ रुस सन्तुलन बिना राजा अहिलेकै अवस्थामा प्रयोग हुनु घातक हुनेछ । यसकारण स्पस्ट कार्यदिशा सहितको भुमिका बाहिर प्रयोग हुनु हुँदैन । बिगतमा अमेरिकी मोडलको बेबि किङ र इन्डियन मोडेलको सास्कृतिक राजा अश्विकार गरेर जुन दुरदर्शिता राजामा देखिएको थियोे ठिक अहिले पनि त्यसरिनै धैर्यता आवस्यक छ । जित नेपालीको निश्चितरूपमा हुनेछ । बेलैमा चेतना भया ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल