Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राजधानीको सडकमा टेम्पो गुडाउने चालक कोरोना संक्रमित

काठमाडौं । राजधानीमा कोरोना संक्रमण भयावह अवस्थामा पुगेको छ । काठमाडौं उपत्यकामा सफा टेम्पो चालकलाई कोरोना भाइरसको संक्रमण भएको छ । उनी चार दिन अगाडि मात्र सुदूरपश्चिमबाट काठमाडौं उपत्यका आइपुगेका थिए । त्यसक्रममा नाकामा उनको स्वाब संकलन गरिएको थियो । त्यसपछि कोठामा पुगेका उनले लगातार तीन दिन शंमखुल रुटमा टेम्पो चलाए । शनिबार उनलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएको खबर आउँदा उनी ट्याम्पो चार्जिङ स्टेशनमा थिए । धेरै टेम्पो सामूहिक रुपमा ग्यारेन्जमा राख्छन् र चार्जिङ स्टेशनमा पनि भेटघाट गर्ने गर्छन् । यसैले एक जना चालकलाई संक्रमण पुष्टि भएकाले सम्पर्कमा आएकाहरुको सम्पर्कमा धेरै मानिस आएको हुनसक्ने बताइएको छ ।