Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राजधानीमा ९ सहित १ सय ४७ जनामा कोरोना संक्रमण

काठमाडौं । लकडाउन हटाएर जीवन यापन सहज बनाउने प्रयास हुँदै गर्दा राजधानीमा कोरोना संक्रमितको संख्या दिनदिनै बढेको छ । पछिल्लो २४ घण्टामा १४७ जना कोरोना संक्रमित थपिँदा राजधानीमा ९ जना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा देशभर १४७ जनामा कोरोना संक्रमणको पुष्टि भएको जानकारी दिनुभयो । देशभर ५ हजार ३५८ जना सक्रिय संक्रमित रहेका छन् । हालसम्म नेपालमा संक्रमितको संख्या १८ हजार २४१ पुगेको छ । काठमाडौं उपत्यकामा ९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंका ५,भक्तपुरका २ र ललितपुरका २ जनालाई कोरोना पुष्टि भएको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या जम्मा १२ हजार ८४० रहेको छ । यस्तै साउन ७ गते कोरोना संक्रमण पुष्टि भएका वीरगञ्जका ७० वर्षका वृद्धको मृत्यु भएको छ । स्वासप्रस्वासमा समस्या देखिएपछि उहाँलाई कोभिड अस्पतालमा राखिएको थियो । यो सँगै कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।