Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राजधानीलाई कोरोनाले गाज्यो आज थप ९२ जना संक्रमित

काठमाडौं । राजधानी काठमाडौंलाई कोरोनाले गाँजिसकेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले काठमाडौंका ९० र ललितपुरका २ गरी उपत्यकामा ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या एक हजार १ सय नाघेको छ । स्वास्थ्य मन्त्रालयकाअनुसार काठमाडौं, भक्तपुर र ललितपुरमा संक्रमितको कुल संख्या ११ सय ३६ पुगेको हो । काठमाडौंमा ९ सय १२, ललितपुरमा १ सय ३९ र भक्तपुरमा ८५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै आइतबार देशभर ३८० जना संक्रमित थपिएका छन् भने कुल संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४० संक्रमित डिस्चार्ज भएका छन् । योसँगै संक्रमण निको हुनेको कुल संख्या १६ हजार ३५३ पुगेको छ ।