Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राजनीतिक अस्थिरताले देशभर सन्नाटा

काठमाडौं । राजनीतिक स्थिरिताका लागि जनताले दिएको झण्डै दुई तिहाई जनमतको रक्षा गर्न नसक्ने दम्बका खानी ढोगी नेताका रुपमा एमाले अध्यक्ष चिनिए । अध्यक्ष ओलीको ४१ महिने शासन नेकपा थियो । तर उनले आफू बाहेक कसैको ख्याल गरेनन् । देशको राजश्व अनावश्यक खर्च गरी प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूलाई ललितपुरमा महल खडा गरेर झापामा भ्यूटावर बनाए, गोदावरीमा प्रदेश सिटी हल निर्माण भयो । तर दैनिक ७ लाख ५० हजार भाडा तिरेर वानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संसद भवन प्रयोगमा ल्याइएकै छ । अरवौं खर्च छुट्याएर सिंहदरबारभित्र बन्दै गरेको संसद भवनले पूर्णता पाएको छैन । निर्माण पूरा नभएको धरहरा उद्घाटन गरे, शिलालेख टाँसे । केपीका स्वार्थ पूरा भए, पार्टीको बदनाम भयो ।
ओली जे चाहन्छन् एमाले त्यही गर्छ । त्यहाँ महासचिव, उपमहासचिव, सहसचिव, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरूको भिड छ । त्यो भिडलाई पदाधिकारी भन्ने तर काम केपीको इच्छा र सनकमा हुने गरेको छ । विचार र सिद्धान्त त्यागेर व्यक्तिमा रमाएको पार्टीका रक्षक जनता बन्दैन । त्यही कारण त्यो एमालेका १० लाख क्रियाशील सदस्यमध्ये ६ लाख ५० हजारले मात्र सदस्यता नविकरण गरे । एमालेबाट विभाजित भएर नेकपा एकीकृत समाजवादीमा गएका कार्यकर्ता ४ लाख थिए । शुरुको अवस्थालाई त्यो पार्टीले धानेन । समानुपातिकमा ३ लाख ५० हजार कटाउन नसक्दा माधव नेपाल अध्यक्ष त भए । पार्टी भने राष्ट्रिय पार्टी भएन । त्यही कारण ५० हजार एमालेमै फर्केको अनुमान छ । अहिले संसदको प्रमुख प्रतिपक्षी दल भएर एमालेले सरकारलाई मुलुकको संघीय प्रणाली अनुसारका कानुन बनाउन दबाव दिनुपथ्र्यो । तर केपी ओलीको ४१ महिने शासनमा नदिएको प्रदेश अधिकार प्रचण्डबाट दिलाउन केपीले चाहेनन् । त्यही कारण संसदका अधिवेशनहरू पटक पटक प्रमले विश्वासको मत लिनु पर्ने बाध्यताको शिकार भएका हुन् । दण्ड पीडितमाथि अत्याचारको पासो थापेर एमालेले माओवादीलाई धम्काइरहेको छ । जुन काम लोकतन्त्र र गणतन्त्रको लागि हितकार छैन । केपी कालको भ्रष्टाचारमा मेडिकल माफिया दुर्गा प्रसाई उफ्रिएका हुन् । प्रसाईका विरुद्ध एमाले जसरी उत्रियो त्यसले राजनीतिक अस्थिरता बढायो । ओलीको भित्री कुरा धुतेर ओलीकै बदनाम गर्न सफल प्रसाईलाई मार्सी चामल पनि भनियो । मेडिकल कलेजको सम्बन्धन दिलाउन उनले ओली शासनमा निकै पहल गरे । केपी ओली दिएर हुन्थ्यो भने दिन्थे । तर प्रसाईंको अस्पतालले मेडिकल र नर्सिङ शिक्षा दिलाउन अवाश्यक भौतिक पूर्वाधार र जनशक्ति तयार नगरेको कारण मेडिकल शिक्षा आयोगले समेत सम्बन्धन दिलाउन सिफारिश गरेन । त्यसको रिशमा प्रसाईले आयोगका अध्यक्ष डा. श्रीकृष्ण गिरीको बदनाम गर्न पुगे । गिरिसँग सत्यतथ्य बुझेपछि ओली हच्किए ।
पुरानालाई खेदेर आफ्नो चाकडीमा रमाउने कोमल अ‍ोली, दुर्गा प्रसाई, एकनाथ ढकाल, बद्री न्यौपाने जस्ता लठैत बोकेर पार्टीमा रजाइँ गर्दा केपीले सिद्धान्तको ख्याल गर्ने अवस्था थिएन । यस पटक केपी ओली प्रचण्ड सरकारलाई अप्ठ्यारोमा पार्न संघीयता खारेज गर्दै प्रदेश सरकार भत्काएर पूर्व राजा ज्ञानेन्द्रलाई गद्दि दिलाउने अभियान चलाएका दुर्गा प्रसाईलाई काँधमै बोक्न तयार भए । प्रसाईले ओलीको कम्बोडियाको टेलिकममा लगानी छ भन्दै ५ वर्ष अगाडि अमेरिकी पत्रकार रिचर्ड बोडेको बेलयाती पत्रिकामा प्रकाशित गरेको समाचारलाई उचालेका थिए । प्रसाईलाई महेश बस्नेतले कालो मोसो दले । महेशले प्रसाईको केटी काण्ड पर्दाफास गर्दा प्रसाईले महेशको केटी काण्ड र भक्तपु्रको २८ रोपनी जमिन हडपेर प्लटिङ गर्दाको रहस्य सार्वजनिक गराए । महेश र दुर्गाको टिकटक भाइरल काण्डले नेताहरूको बदनाम गर्न सघाउ पुग्यो । सरकारले टिकटक बन्द ग¥यो । दुई जना उदण्डको लडाइँले मंसिर ७ गते व्यवस्था ढल्ने गणतन्त्र मासिने, राजतन्त्र स्थापना हुने हल्ला चल्यो । तर पूर्व राजा चुप थिए । केपी ओली अस्थिरताका नायक भएकाले उनलाई आनन्द भयो, देशभरि आतंक छायो ।