Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सत्ता, शक्ति र पदको निम्ति कुनै सिद्धान्त, विचार, दृष्टिकोणको ख्याल नगर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल र एमालेका अध्यक्ष केपी शर्मा ओलीको जुँगाको लडाइँले देशको कम्युनिष्ट शक्ति ध्वस्त भएको छ । माअोवादीमा प्रचण्डको रिसले भाडिएका मोहन वैद्य, डा. बाबुराम भट्टराई, एमालेमा केपीको रिसले विच्किएका माधव र झलनाथ वैचारिक शुद्धिकरणको दलदलमा छन् । संगठन छैन २÷४ नेता त्यो पनि विदेशी अनुदानको रमाइलोमा झुलेका छन् । तिनले न त पार्टीको संगठन बनाउँछन् नत जनतालाई प्रभावमा पार्ने कार्यक्रम ल्याउन सक्छन् । प्रदेश तहलाई संघीय सरकारको उदारता छैन । संघीय लोकतन्त्र भनेका छ राज्य स्रोत खर्चेर तलब भत्ता हजम गरेको छ । महंगी बढेको छ, कालोब जारब चम्केको छ । सत्तामा कम्युनिष्टको बाहुल्यता छ । काँग्रेस पनि सत्तामै छ । विचार र सिद्धान्तका कुरा राष्ट्रपतिका पनि छैनन् । हत्यारा अपराधीलाई जेलमुक्त गरेर गणतन्त्रको उपहास गर्ने काममा राष्ट्रपति नै अग्रसर छन् । पुर्वाग्रह पीडित, संकीर्ण सोच भएका केपी ओली र रामचन्द्रको ग्रह मिलेको छ । केपी आफैं राजा, आफैं शासक बन्न रुचाउँछन् । कम्युनिष्टको आचरण, विचार, सिद्धान्त कार्यक्रम कम्युनिष्टमा नभए जस्तै काँग्रेसमा पनि छैन ।
कोशी प्रदेशमा डा. शेखरको पौरखी कामले सत्ता हलचल हुँदैछ । राप्रपाले माओवादीलाई नैतिक रूपमा साथ दिन्थ्यो तर काँग्रेस र एमालेलाई सघाएन । माओवादी जस्तो सबैलाई मिलाउन एमाले र नेकाले चाहेको अवस्था भएन । कोशी प्रदेशमा सरकार बनाउन ४७ सिट जरुरी हुन्छ । सभामुखले मत दिन नपाउने नजिर सर्वोच्च अदालतले बनायो । कोशी प्रदेशमा काँग्रेसको विद्रोह हुँदैनथ्यो भने सरकारले स्थायित्व पाउँथ्यो । एमालेको योजनामा आफू ठूलो दलको घमण्ड हो । तर ४७ सिट पु¥याउन उसले पनि सकेन । ४० जना सांसदले बहुमत पुग्दैन । राप्रपाका ६ जना थपिँदा पनि ४६ नै हो ।
काँग्रेस २९, माओवादी १३, समाजवादी ४, जसपा १ गरी ४७ सिट थियो तर आफ्नो पार्टीका सभामुख र जेष्ठ सदस्यलाई भगाएर एमालेले गौरवको काम ग¥यो । अस्थिरता त्यहीबाट चम्कियो । सरकारले सबैको विश्वास पायो । तर मन्त्री परिषद् विस्तारमा रडाको चम्कियो । केदार कार्की मुख्यमन्त्री भए । काँग्रेसका ८ जना सांसदको विद्रोहले नेकपा एमालेको केही दिन सान देखियो । कार्कीले रामबहादुर रानालाई विना विभागीय मन्त्री बनाएर रमाइलो गर्दै गर्दा केन्द्रीय गठबन्धनको बाटो शुरु भयो । माअोवादी, समाजवादीलाई सरकारमै लगेपछि एमाले फेरि बिच्कियो । एमाले आफ्नो डिजाइनमा कोशी प्रदेश चलाउन चाहन्थ्यो । जहाँ अध्यादेशबाट बजेट ल्याउनु पर्ने बाध्यता छ । कोशीको बाछिटा बागमतीमा सर्ने अवस्था छँदै थियो । कोशीबाट एमाले बाहिरिएपछि बागमतीको सरकार सुरक्षित भयो ।
सरकारको नेतृत्व गरेका कम्युनिष्टहरूले निष्ठा र त्यागको कुरै गर्दैनन् । भ्रष्टाचार, दलीय माफिया करण, विचौलिया, कमिशन मोहन मात्रमा कम्युनिष्ट सीमित भएनन् । नेपाली युवालाई नक्कली शरणार्थी बनाउने, पैसा खाने, सुन तस्करलाई जोगाउने, कलिला किशोरीहरूमाथि यौन शोषण गर्ने र हत्या गर्ने (निर्मला पन्त) पनि कम्युनिष्ट नै भए । काँग्रेसले नेपालगञ्जका रिगल भनिने योगराज ढकालको अपराध माफी दियो भनेर एमाले र माओवादीले त्यस्तो हर्कत देखाउन हुँदैनथ्यो । तर केपी ओलीको ४१ महिने शासनमा राष्ट्रपतिमार्फत् दिलाइएका पदक तथा विभूषणको बदनामी, ओम्नी, हुकाम, थामसेर्कु, सेक्युरिटी प्रेस, वाइडवडी, धर्मशाला, जलहारी काण्ड जस्ता धेरै भए । एनसेलको करमा केपीले बैङ्ककमा स्वास्थ्य परीक्षण गराएकै थिए । ५ करोड सम्मका ठेक्क आफ्नै कब्जामा लिएकै हुन् । जनतालाई केही नदिए पनि नेताको फलीफाप भएको गणतन्त्रको बदनाम गर्ने काम कम्युनिष्ट पार्टीका नेताले गरेका छन् । आफ्नो स्वार्थ नमिल्दा केपी ओली राजनीतिक अस्थिरता चम्काउन आगोमा घिउ थप्दैछन् ।
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल