Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राजनीतिक दलबिना चुनाव असम्भव

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन भयरहित र स्वतन्त्र वातावरणमा सम्पन्न गर्न सरकार पूर्ण रूपमा कटिबद्ध रहेको बताएकी छन्। नेपाल संवत् ११४६ न्हूदँ समारोह समितिद्वारा बुधबार ललितपुरको मंगलबजारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले भनिन्, लोकतान्त्रिक सबलीकरण, आर्थिक समृद्धि र नागरिक अधिकारको रक्षा गर्न आगामी फागुन २१ गते हुने निर्वाचनमा नेपाली जनतालाई भयरहित ढंगले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार कटिबद्ध छ। प्रधानमन्त्रीले संविधानको अधीनमा रही सुशासनको आवाजलाई सम्बोधन गर्ने जिम्मेवारी सरकारले लिएको उल्लेख गर्दै सबै राजनीतिक दल, वर्ग, समूह र समुदायको सहकार्यबिना यो कार्य सफल नहुने बताइन्। उनले भनिन्, यसका लागि समाजका सबै तह, तप्का र वर्ग समुदायको उत्तिकै भूमिका हुन्छ। आउनुहोस्, यसमा सहकार्य गरौँ र सचेत नागरिकको भूमिका निर्वाह गरौँ। कार्यक्रममा प्रधानमन्त्री कार्कीले नेपाल संवतका प्रवर्तक शंखधर साख्वाःप्रति श्रद्धासुमन अर्पण गर्दै नेपाल संवत् नेपाली गौरव, सभ्यता र परोपकारको प्रतीक भएको बताइन्। उनले शंखधर साख्वाःले व्यक्तिगत हितभन्दा माथि उठेर समाजका निमुखा र ऋणग्रस्त जनतालाई राहत दिएको ऐतिहासिक कार्यबाट आजका दिनमा पनि प्रेरणा लिन सकिने बताइन् ।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल