Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राजनीतिक संरक्षणले मौलाएको लूट

काठमाडौं । फाइल बढुवा इञ्जिनियरले सडकको स्तर बचाउने भन्दा आफैं ठेकेदार भए जसरी सिमेन्ट, रड, ढुंगा, गिटी, बालुवासम्मको जबर्जस्त व्यापार गर्दा ऊ आफैं सहभागी सडक कति स्तरीय होला ? सडकमा प्रगतिशिल खेमाका इञ्जिनियरहरू कम छन् । काम भन्दा ठेक्कालाई जोड दिँदै आएका अशोक तिवारीजस्ता मौका परस्त ठेकेदारहरूले आफू जहाँ गयो त्यहाँ प्रदीप श्रेष्ठ जस्ता रक्सी व्यापारी र फाइल बढुवा इञ्जिनियरलाई बोक्नुको कारण ठेकेदारसँग पछुवा परिचालन हो । यिनले नेतृत्व लिएको सडक कमजोर हुनुको कारण पनि यही हो । काँग्रेसको कर्मचारी संघको उपाध्यक्ष पदमा रहेका श्रेष्ठले हिजो रमेश लेखक र बीरबहादुर बलायरको समयमा भौतिक मन्त्रालयअन्तर्गत सडक विभागको सरुवा बढुवाको ठेक्कै लिएका थिए । उनले सडकका परियोजना प्रमुखहरूसँग संघको नाममा चन्दा उठाउने, त्यो चन्दा आफ्नो खातामा जम्मा गर्न लगाउने गरेका थिए । काँग्रेस सभापति शेरबहादुर देउवाका साला भूषण राणा मार्फत् काँग्रेसी पहुँच बढेपछि प्रदीप जस्ता फाइल बढुवाको काम सामान सप्लाईमै केन्द्रीत भएको छ ।

अशोक तिवारीको पूmर्ति चम्कनु नेपालको राजनीतिमा भारतको दलाली गर्ने हृदयश त्रिपाठीसँगको सम्बन्ध हो । तिवारीलाई त्रिपाठीले भौतिक पूर्वाधार मन्त्री रघुवीरसँग सम्बन्ध जोडिदिएका थिए । हुलाकी सडकजस्तो ठूलो प्रोजेक्टमा प्रदीपको सप्लाई काम सफल बनाएका अशोक हुन् । दोलखामा रहँदा उनले १७ लाखको बिटुमिन नक्कली बील बनाएर सर्लक्कै खाएका थिए । त्यो बेला अयोध्या श्रेष्ठ मध्यमाञ्चलमा थिए । बिटुमिन सप्लायर्स प्रदीप नै थिए । सरकारी गाडीको नम्बर फेरेर रक्सी ओसार्दा ट्राफिकले गाडी पक्रिँदा बदनाम हुने भएपछि अहिले सो गाडी सडक विभाग ललितपुरले खोसीसकेको छ । ललितपुर सडक डिभजिनले गाडी फिर्ता गर्न पटक पटक भनेको थियो तर प्रदीप कर्मचारीकै नेता भएकाले कसैले भन्दा मानेका थिएनन् । अहिले विभागले नै चासो लिएपछि उनी चाउरिएका हुन् । ओभरसियर हुँदा ५ वर्ष बिदा बसेर ठेक्कापट्टाको काम गरेका प्रदीप श्रेष्ठ त ठेकेदार भए–भए अशोक तिवारी जस्ता सडकका डन इञ्जिनियरहरूलाई समेत तह लगाएकै छन् ।

लोकतन्त्रले फाइल बढुवा इञ्जिनियर बनाइदिएपछि यस्ता डनहरूको दोहोरो भूभिका देखिएको छ । यही टिमका डनहरू सूर्य भाटको कलंकीमा ठडिएको महल होस् वा अशोकको कुपण्डोलमा बनेको हवेली सडकलाई कमजोर बनाएर ठडिएका हुन् । त्यसो त टेकु डिभिजन हुँदा सोखेल सडकको नाली नबनाई रु ६५ लाख खाने कर्ण भाट पनि चोट्टा हुन् । अशोकको लुटाहा प्रवृत्तिलाई बुझेका हृदयश त्रिपाठीले पैसा खाएर भौतिक पूर्वाधारमन्त्री मार्फत् भनाएर हुलाकी सडकमा पठाएका हुन् । अशोक जस्ता थुप्रै डनहरू युवती प्रेमी भएको प्रमाण अशोकले चरिकोटमा ५ जना ललितपुरमा चार जना अधवैंशे महिलालाई सुपरभाइजरमा काम नगरी सडकबाट मासिक तलब खुवाइरहेको यथार्थ छानविन गरे थाहा हुन्छ । त्यस्ता ठाउँमा काम बिना महिलालाई सुपरभाइजर पदको जागिर खाएका छन् । जो यी डनहरूको मस्तीको सहारा तिनीहरूनै बन्ने गरेको बताइन्छ । उनहरूको तलब बैंक खातामा पठाउन अहिले दोलखाका धर्मेन्द्र झा, ललितपुरका अमृत भण्डारी बाध्य छन् । किनकि यहाँ अशोक तिवारी जस्ता डन हिजो प्रमुख थिए । सडक विभागभित्र जमेको बेथिति हटाउने आँट जसले गर्छ ऊ त्यहाँ टिक्दैन ।

किनकि सडकको लूट चम्काउन स्थायी लाइसेन्स पाएका अशोक तिवारी र प्रदीप श्रेष्ठहरूले राजनीतिक संरक्षण पाएको धेरै भयो अहिले सडक विस्तारको काम जहाँ त्यहाँ भद्रगोल छ । संयोगवश सडकको डिजिबाट मन्त्रालय पुगेका गोपाल सिग्देल आयोजना कार्यान्वयन विभागमा छन् । त्यही छन् पैसाले मातेर चम्केका इञ्जिनियर कर्ण रानाभाट । जसको फोन ९८४९८०५३–– जहिले पनि बिजी हुन्छ । कान्ति लोकपथको प्रमुख हुँदा महानिर्देशक रहेका गोपाल सिग्देलको छोराको ब्रतबन्धमा रु १ लाख १ हजार १ सय १ रुपैयाँ दक्षिणा चढाउँदा सिग्देलको घरमै खैलाबैला मच्चिएको थियो । त्यो बेला लुटाहाहरूको दक्षिणा प्रतिस्पर्धा चलेको थियो । दक्षिणा र चन्दामा मात्र होइन तरुनी लिएर ठमेलका रेष्टुरेन्टहरू चाहार्नेमा पनि उनीहरूको प्रतिस्पर्धा नै चल्ने गरेको थियो । मन्त्रालयका सचिव देवेन्द्र कार्की पनि यस्तै डन स्वभावका इञ्जिनियरहरूको क्रियाकलापबाट अनविज्ञ छैनन् ।

विभागका महानिर्देशक केशव शर्मा छक्कापञ्जा गर्दैनन् । उनी तिनवटा इञ्जिनियरिङ कलेजमा पढाउँछन् । तर तिनै डनहरूले भ्रष्टमन्त्री रघुवीर महासेठको साथ पाएका छन् । पैसा पाएपछि मन्त्रीले आँखा चिम्लिने मन्त्री पत्नीलाई डेढ करोड बुझाउने शर्तमा ७५ लाख सुपारी बुझाएर हुलाकी आयोजनामा पुगेका अशोक तिवारी जस्ता भष्मासुरहरूलाई फाइल बढुवा इञ्जिनियर एवं ठेकेदार प्रदीप श्रेष्ठ जस्ताको साथ रहनु नौलो होइन । किनकि देशमा ठूलो भ्रष्टाचार सकडमै हुन्छ । त्यहाँ नीतिगत भ्रष्टाचार गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले नै साथ दिएका छन् । काठमाडौंको सडक सुधार नहुनुको कारण यस्तै डनहरूको लापरबाही हो । ठेकेदार श्रेष्ठले कब्जा गरेको २१४७ नम्बरको गाडीले रक्सी बोकीरहेकै बेला सडक विभागले खोसेर ललितपुर शाखालाई सुम्पेको छ ।