Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूले राजनीतिक यात्राबाट विश्राम नलिएको बताएका छन् ।
बिहीबार विज्ञप्ति जारी गर्दै पौडेलले पार्टीको केन्द्रीय समितिमा निर्वाचित पदाधिकारी र सदस्यलाई बधाई दिँदै आफ्नो राजनीतिक यात्रा जारी रहेको बताए ।
मेरा साथीहरुले रामचन्द्रजीले अब पार्टीभित्रको चुनाव लड्नुहुँदैन जोगिएर रहनुपर्छ भनेको हुनाले प्रतिस्पर्धाबाट नै अलग रहने निर्णयमा पुगेँ, त्यस निर्णयप्रति इमान्दार रहन मतदानबाटै अलग रहेँ’ उनले विज्ञप्तिमा भनेका छन्, ‘यसरी अलग बस्नु राजनीतिक यात्रामा विश्राम होइन, केही क्षणको अल्पविराम मात्र हो । मेरो राजनीतिक यात्रा जारी छ ।’
वरिष्ठ नेता पौडेलले पार्टीको निर्वाचनमा बधाइ दिँदै पराजित हुनेहरुलाई नआत्तिन आग्रह गरेका छन् । ‘व्यक्तित्वको पहिचान सुखमा हैन दुखमा र पराजयका बखत हुने गर्दछ । यसलाई पार्टीभित्रको आन्तरिक प्रक्रिया ठानेर जय पराजे जे भए पनि आफ्नो स्थान अविचल बनाइ राख्नुहोला, साथी साथीबीचको हार्दिकतामा कमी आउन नदिनुहोला’ उनले भने ।
महाधिवेशनले पार्टीभित्र आन्तरिक लोकतन्त्रको प्रयोग हुनुका साथै पार्टीर्ला नयाँ दिशा पनि दिन मद्दत गर्ने पौडेलले बताए
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल