Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राजश्व मारालाई ओलीको क्षमदान

काठमाडौं । आर्थिक सुशासन र समृद्धिको डंक पिटेर जनतामाथि शोषण गरेका एमाले काँग्रेसको दुई तिहाईको सरकारले राजश्वमारा र ठगहरूलाई दिएको सुविधाको अराजक मेडिकल व्यवसायी दुर्गा प्रसाईले भण्डाफोर गरेका छन् । प्रसाईका अनुसार सहिल अग्रवाल र पवन गोल्यान जस्ता ९० जना व्यापारीहरू छन् । तिनको हातमा बैङ्क र इन्स्योरेन्सका रु ३५÷३६ अर्ब पुँजी छ । रिलायन्स इन्स्योरेन्स बन्द भएको छ । तर ओली सरकारले त्यसैलाई आइपीओ खोल्न स्वीकृति दिएको छ । मारवाडी समुदाय देखाउन धार्मिक क्षेत्र र समाज सेवाको क्षेत्रमा सक्रिय हुन्छन् । तर तिनले बैङ्क तथा वित्तीय संस्थालाई मात्र पिरोलेका हुँदैनन् । गरिब जनतालाई पनि शोषण गर्न बाँकी राख्दैनन् भन्ने कुरा तिनले खोलेका बैङ्क तथा वित्तीय क्षेत्र हुन् । यो स्थितिमा त्यस्तो वर्गले १५० खर्व भन्दा बढी सम्पत्ति चलाएको छ । नेपालमा कमाएर सिंगापुर, भारत, बेलायत जस्ता देशमा लगानी गर्ने व्यापारी मात्र छैनन् । देश लुटेर कम्बोडियाको टेलिकममा लगानी गर्ने एमालेका श्री ३ केपी ओली नै हुन् । देखाउन ओलीले आफ्नो सम्पत्ति ट्रष्ट खोलेर सरकारी गर्ने भन्छन् । त्यो ट्रष्टमा ओली संरक्षक श्रीमती, भाई, भाञ्जा, भतिजा हर्ताकर्ता बन्ने गरी राख्नुले ओलीको देशभक्ति के हो छर्लङ्ग हुन्छ । इस्योरेन्स घाटा भयो भनेर अर्थ मन्त्रालयको दबावमा आइपीओ खोल्न दिनु अर्को अपराध हुन्छ । विद्युतको महसुल नतिर्ने सहिल अग्रवाल बारबरा फाउन्डेशनसँग जोडिएको पात्र हो । ऊ भाग्नासाथ नेपालीको पैसा गुम्छ । ओली सरकारको दानी स्वभाव तिनै कर छल्ने विद्युत महसुल नतिर्ने व्यापारी र उद्योगीहरूसँग जोडएको कुरा छर्लङ्ग थियो । दुर्गा प्रसाईले युट्युबरहरूको साथ लिएर नेपालको एनसेलका मालिक शतिलाल गुरुवाचार्यलाई ट्रष्टले तिर्नु पर्ने रु १९ अर्ब राजश्व १३ अर्बमा झारेको उपहार स्वरूप कम्बोडिया टेलिकमको शेयर लिएको बताउँदा प्रसाई विरुद्ध ओली सरकार लागेको थियो । तत्कालिन सरकारले मच्चाएको आर्थिक अपराधको श्रृङ्खला लामो छ । सहकारी ठग र बैङ्क ठगहरू सबैको संरक्षण गरेर आफ्नो स्वार्थ पूरा गर्दै आएको तत्कालिन सरकारले कालो बजारलाई सघाएकै हुन् । तस्कर, विचौलिया पोसेकै हो । व्यापारीले गरेको अपराध कानुनी रूपमा नियन्त्रण गर्न खोज्दा बाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागका महानिर्देशकलाई छ महिनामै सरुवा गरेकै हो । भन्सार विभाग, आन्तरिक राजश्व र राजस्व अनुसन्धान विभागका प्रमुखहरूले छ महिना पूरा काम गर्न पाएनन् । यसकै कारण राजश्व डुब्यो । अर्थ तथा उपप्रम विष्णु पौडेल देखिने प्रधानमन्त्री केपी ओलीको नाउमा सल्लाहकार विष्णु रिमाल घुस उठाउने नायक भएकोमा मन अमिलो बनाउँदै पन जोगाएका थिए । ओली आफ्नो सत्ता कालमा देशको भ्रष्टाचार नियन्त्रण गर्ने पक्षमा थिएनन् । अख्तियार, सम्पत्ति शुद्धिकरण, प्रहरीको सिआईबी जस्ता संस्थाहरू केपी ओलीको इशारामा चल्दा भ्रष्टहरू कारबाहीमा पर्ने अवस्था थिएन । तिनै ओलीले डा. मोती दुगड मार्फत् एमाले बनाएका २५० भन्दा बढी व्यापारी समुदायका अधिकांश मारवाडीहरूले राजश्व छल्न छुट पाएका थिए । त्यो बेला काँग्रेस, एमालेको अपराधले जेनजी पुस्ता विद्रोहमा आउन बाध्य भएको हो । त्यो पुस्ताले उठाएको इस्यु पारदर्शीता र भ्रष्टाचार नियन्त्रण, प्रशासनिक निष्पक्षता थियो । तर आफ्नै अहंकार र दम्बले भरिपूर्ण केपी ओलीलाई युवा विद्यार्थीको आवाज स्वीकार्य भएन । पार्टीमा उनको लहड नै सिद्धान्त, नीति थियो । आठ कक्षाको शिक्षा लिएर आफैं डाक्टर, आफैं प्रोफेसर, आफैं इञ्जिनियर, आफैं वैज्ञानिक, आफैं न्यायाधिश बनेका ओली जीवनको अन्तिमतिर राजनीतिमा साँढे बनेका थिए । उनलाई बचाउन राष्ट्रले १९ करोड सक्यो । तर ओलीले देशलाई केही दिएनन् । उनले दिएको उपहार भनेकै देशलाई २७ खर्व ऋण हो । अनावश्यक ठाउँको खर्च गर्न ओली तत्पर थिए । त्यसको उदाहरण उनकै गृहजिल्ला झापामा बनेको टावर हो । जुन टावर अहिले भूत बंगला भएको छ । राज्यले रु १ अर्ब ८५ करोड त्यहाँ खरानी बनाएको छ । मुटु नभएको मानवका रूपमा स्थापित ओलीको दुई तिहाई बहुमत र ठूला पार्टीका ८ लाख ५० हजार कार्यकर्ताबाट सुरक्षा भएन । २४ जना विद्यार्थीमाथि छाती, टाउको र पेटमा गोली हानेर मार्ने क्रूर तानाशाहका रूपमा यी परिचित छन् । जसले मृतकप्रति श्रद्धाञ्जली, घाइतेप्रति स्वास्थ्य लाभको कामना समेत गरेका छैनन् ।


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल