Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राजश्व संकलन लक्ष्यभन्दा कम

काठमाडौं । राजस्व संकलन लक्ष्यभन्दा ६३ अर्ब ७० करोडले कम भएको छ । सरकारले चालू आर्थिक वर्षको पहिलो चौमासिकमा भन्सार र आन्तरिक राजस्व गरी २ खर्ब ९५ अर्ब ९४ करोड राजस्व असुल गर्ने लक्ष्य लिएको थियो । यो अवधिमा २ खर्ब ३२ अर्ब २४ करोड राजस्व संकलन भएको छ । जसमा भन्सार कार्यालयहरूबाट १ खर्ब २२ अर्ब ७८ लाख राजस्व संकलन भएको छ । यो लक्ष्य भन्दा २७.८९ प्रतिशतले कमि हो ।
यसैगरि प्रथम चौमासिकमा आन्तरिक राजस्व कार्यालयहरूमा १ खर्ब ६ अर्ब १४ करोड ८५ लाख रूपैंयाँ राजस्व असुली भएको छ । जुन यो लक्ष्यभन्दा १९ अर्बले कमि हो । आन्तरिक राजस्व कार्यालयको तथ्यांक अनुसार पहिलो चौमासिकमा आयकरबाट ३४ अर्ब २८ करोड १८ लाख ८३ हजार राजस्व असुल गरेको छ । यस्तै घरबहाल करबाट ८९ करोड ८५ लाख रूपैंयाँ असुल भएको छ ।
यस्तै ब्याज करबाट ९ अर्ब ५७ करोड असुली भएको छ । यस्तै सबैभन्दा धेरै मूल्य अभिबृद्धि कर (याट) तर्फ ३५ अर्ब ६४ करोड राजस्व असुली भएको छ । यो लक्ष्यभन्दा करिब ६ प्रतिशतले कमि हो । यस्तै अन्तःशुल्क लक्ष्यभन्दा २७ प्रतिशत कम असुली भएको छ । प्रथम चौमासिकमा अन्तःशुल्क असुली २४ अर्ब ५३ करोड राजस्व संकलन भएको छ । स्वास्थ्य क्षेत्रबाट ९४ करोड १७ लाख र शिक्षा क्षेत्रबाट २७ करोड ९ लाख राजस्व असुली भएको छ ।


सम्बन्धित समाचार

घरैबाट पक्राउ परे दुर्गा प्रसाईं

२०८१ आश्विन ६

ताजा नेपाल

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल