Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राजश्व हजम गर्ने महामहिम

नेपालमै छन् विश्वमा कहीं नभएका नेता । लाज, घिन नभएका जनताको समस्यामा कत्ति पनि जिम्मेवारी नलिने नेताका नाममा अचाडू खोज्न अन्त जानै पर्दैन । यिनलाई जनताको चिन्ता छैन । राष्ट्रपतिले राज्यको श्रोतबाट मासिक भत्ता हजम गर्छन् । घर भाडा लिन्छन्, उपसचिव स्तरको एकजना, सहयोगी एक सुब्बा सरहका कर्मचारी, गाडी, ड्राइभर र एक दर्जन सुरक्षाकर्मी पाएका छन् । त्यो पदको गरिमा सम्बन्धित व्यक्तिले राख्ने हो । तर जनताको छोरो मुखले भन्यो, राज्य श्रोतको हजम गर्न पछि नपर्ने भूपू राष्ट्रपति हिजो नेकाका भएका थिए । आज पनि उनै हुन् राज्यले दिएको सेवा सुविधा प्रति असन्तुष्ट हुने । एमालेका अध्यक्षलाई चिन्ता तिनकै हो । किनकि ओली र उनको पार्टीका राष्ट्रपतिले आफ्नै घरमा बस्ने मासिक भत्ता नलिने भनेकै थिइन । तर पनि उनले संसदको रोष्टमबाट बोल्ना जनताको भन्दा चिन्ता राष्ट्रपतिकै गरेका छन् । जसले स्वेच्छिक रूपमा भत्ता लिन्न भनेर घोषणा गरेका छन् । तर केपी ओलीको प्रमुख प्रतिपक्ष र नेकपा एमालेको अध्यक्ष पूर्व प्रमको नाताले गत असोज १७ गतेको सम्बोधन नेपाली जनताको पक्षमा थिएन । उनलाई चिन्ता केबल आफ्नो ४१ महिने दम्बी र हुकुमी शासनमा भए गरेका देश लुट्ने अभियान छानविन नहोस् भन्ने हो । ओलीको शासन माफिया, तस्करी, विचौलियाको राजमा चलेको कुरामा राज्य सहमत छ । ठूलो पार्टी भए पनि एमालेको नेतृत्व स्वार्थका लागि जस्तो पनि निर्णय गर्न सक्छ भन्ने कुरा केपी कालमा भएका राज्यलाई घाटा पु¥याएका एक दर्जन काण्ड प्रमाण हुन् । तर पनि राज छैन । साझा सवालमा दलीय एकता जरुरी छ ।
तर केपी ओलीको व्यवहार र राष्ट्रप्रतिको उनको दायित्व भनेकै एमाले बाहेक अरु दलले देशको शासन गर्न नसक्ने भन्ने छ । जनताको धरातल के छ रु कुनै मतलब नराख्ने प्रमुख प्रतिपक्षी दलको देशमा एक एक घटना बढेका छन् । सुरक्षाकर्मीले पाएको रिपोर्ट संसदको राज्य व्यवस्था समितिको बैठकमा दिएको बेला सरकारी शक्तिको कति ख्याल गरे त्यो त नेपालगञ्जको दंगा, कोशी प्रदेशको पहिचानवादी आन्दोलन साक्षी छ । मध्य पश्चिमको नेपालगञ्ज, कोशी प्रदेशको गोरु काण्डले सत्ता र प्रतिपक्ष सचेत छैनन् । केपी नै प्रम भएको भए के गर्दा हुन् रु जो आफैं सबै थजोक अरु सबै राजनीतिमा असफल ठान्छन् । यस्ता दम्बकारी नेताकै कारण देशमा भ्रष्टाचार बढ्ने हो । एकजनाको थाप्लोमा ८८ हजार ऋणको भार यिनकै ४१ महिने कम्युनिष्ट राजमा बढेको हो ।
कम्युनिष्टहरूलाई ढुकुटी दिनु हुन्न भन्ने पञ्च र काँग्रेसहरू आफ्नै कुबुद्धिका कारण राजनीतिक तहमा पंगु भएका छन् । जनताले वामपन्थी शक्तिलाई विश्वास गर्छन् गरेका थिए । तर गणतन्त्रका कम्युनिष्ट कोही नीतिगत भ्रष्टाचार गर्ने कोशी नक्कली भुटानी शरणार्थीका नाममा हजम गर्ने, कोशी सुन तस्करीमा सहभागी हुने क्रान्तिकारी भएका छन् । मान्छे जन्मँदैमा ८७ हजार ऋणको भारमा परेको लोकतन्त्रप्रति जनता आजित छन् । राज्यको श्रोत यिनकै लागि छ । विकास बजेट ७५ प्रतिशत भ्रष्टाचार गर्ने २५ प्रतिशतले कस्तो विकास हुन्छ रु यहाँ अराजकताको जड नै काँग्रेस र कम्युनिष्ट भए ।
जसले परिवर्तन, समृद्धि, सामाजिक न्यायका कुरा गर्छन्, कानुन तोडेर अदालतले अपराधी करार गरेर जेल पठाएका हत्यारालाई छूट दिने गणतन्त्र मौलाएको छ । यसले सामाजिक सद्भावलाई बिगारेको कुरा नेपाल प्रहरी र सशस्त्र प्रहरीका आईजीपी वसन्त कुँवर र राजु अर्यालको रिपोर्ट गम्भीर रूपमा लिने अवस्था भएन । यस्तो भएपछि जनतामुखी हुने अवस्था बलियो हुँदैन ।