Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राजावादीको प्रदर्शनमा तनाव भएपछि कोणसभा गर्ने भनिएको मञ्च खाली भएको छ । मञ्च खाली गरेर अहिले प्रदर्शनकारीहरू तितरवितर भएका छन् । उनीहरू ढुंगामुढामा उत्रिएका छन् ।
तीनकुनेको घरमा आगजनी
तीनकुनेको एक घरमा आगजनी भएको छ। राजावादीको प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा घरमा आगजनी भएको हो । यसअघि यही घरमा राजावादीहरुको प्रदर्शनमा सहभागीहरुले तोडफोड गरेका थिए । सोही घर माथि रहेका प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो ।
व्यक्तिकै घरमा आक्रमण
काठमाडौंको तीनकुनेमा राजावादीहरूले व्यक्तिका घरको सिसा छियाछिया हुनेगरी फुटाएका छन् । राजसंस्था पुनस्थापनासहितको माग गरेका राजावादी प्रदर्शनकारीहरूले ढुंगा प्रहार गरेर घरका सिसा फुटाएका हुन् । अहिले पनि त्यहाँ प्रदर्शनकारीले ढुंगा प्रहार गरिरहेका छन् । उक्त घरभित्र मानिसहरू छन् । छतबाट मानिसहरूले प्रहरी नभएको इसारा हातले गरिरहेका छन् । तीनकुनेस्थित चौरमा जारी प्रदर्शनकाबीच अवस्था तनावग्रस्त बनेपछि अश्रुग्यास प्रहारसमेत भएको थियो । त्यसपछि राजावादी समर्थकहरू झनै उच्छृंखल बनेका हुन् । चाबहिल, भक्तपुर लगायत चक्रपथबाट राजावादीहरूले जुलुस निकालेका थिए । उक्त जुलुस तीनकुने पुगेपछि अवस्था तनावग्रस्त बनेको थियो ।
२०८१ चैत्र २०
ताजा नेपाल
२०८१ चैत्र २०
ताजा नेपाल
२०८१ चैत्र २०
ताजा नेपाल