Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सरकारलाई निषेधको राजनीति नगर्न अपिल गर्दै केही सामाजिक अगुवाले अपिल गरेका छन्। प्रजातान्त्रिक व्यवस्थामा निषेध किमार्थ स्वीकार्य हुन सक्दैन भन्दै भाष्कर राजकर्णिकार, कुशकुमार जोशी, भवानी राणा, मनिषा कोइराला, टिकाराम यात्री, युवराज घिमिरे, जीवरामभण्डारी, स्वागत नेपाल, सर्वेन्द्र खनालसहित ३२ जना अगुवाले ६ बुँदे अपिल गरेका हुन्। अपिलको अन्तिम बुँदामा भनिएको छ, प्रजातान्त्रिक व्यवस्थामा निषेध किमार्थ स्वीकार्य हुन सक्दैन, राज्यसत्ता र त्यसको नेतृत्वमा रहेकाहरुको वर्तमानको गतिविधिले निषेधको तृष्णा देखाउँछ। हामी तपशीलका विभिन्न संस्था र विधामा अबद्ध व्यक्तिहरु सरोकारवालालाई सतर्क र सचेत पनि गराउन चाहन्छौँ। यदि परिस्थिति नियन्त्रण बाहिर जाने अवस्था भयो भने यसको जिम्मेवार स्वयम् सरकार हुनेछ। अपिलमा ३२ जनाको नाम लेखिए पनि कसैले हस्ताक्षर गरेका छैनन्।
२०८१ चैत्र २०
ताजा नेपाल
२०८१ चैत्र २०
ताजा नेपाल
२०८१ चैत्र २०
ताजा नेपाल