Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राजा र राष्ट्रवादको आवरणमा छदम इन्डो पश्चिमाहरु

अर्जुन ज्ञवाली

तत्कालीन नेपाल म्यागजिनमा मनुज चौधरीको नाममा रबिन्द्र मिश्रले लेखेको स्तम्भ लेख्ने गर्दथे । बिजयकुमार सम्पादक रहेको अवस्थामा मैले पनि केहि समय लेखेको थिएँ । हुनत रत्नाकर डाकु पनि वाल्मीकि बनेको इतिहास छ । अहिलेका रबिन्द्र मिश्र र त्यति बेलाका रबिन्द्र मिश्र मनुज चौधरीमा अहिले आएको भिन्नता भित्रि परिबर्तन हो कि मिसन परिवर्तन हो ? अझै धैर्य गर्नुपर्दछ । उहाँले त्यतिबेला हामी जस्तालाई खोक्रो राष्ट्रबादी भन्नुहुन्थ्यो जसको जवाफ जलस्रोत अध्यता रत्न भण्डारीले कडारुपमै दिनुभएको थियो । समय हो पर्खिन पर्दछ । रबिन्द्र मिश्रजस्तो अहिले राष्ट्रबादी बन्नुभएको छ त्यस्तै हामीले वि.सं. २०७० सालमा पहिलो संस्करण बाइबल माओवाद पुस्तक प्रकाशन गर्दा नाक खुम्च्याउनेहरू अहिले ठूला धर्मान्तरण बिरोधि देखिएर आइरहेका छन् । यहाँसम्म्की माओवादी हिंसामा युरोपियन चर्चबाट १४ अर्ब सहयोग ल्याउने मै हुँ भन्ने चर्चमण्डलीका अध्यक्ष केबि रोकाय अहिले हिन्दू अधिराज्यको एजेन्डामा रविन्द्र मिश्र जस्तै राष्ट्रबादी बनेर आइरहेका छन् । यिनिहरूमा खासै भिन्नता देखिँदैन । हामीले बाइबल माओवाद पुस्तक निकालेपछि १५ वटा पुस्तक धार्मान्तरण बिरोध जस्तो देखाएर निकालिएका रहेछन् । लेख्नेहरू करिब करिब सबै गुप्तचरहरू मुल राजनीतिकेन्द्र सेना÷दरबारको पश्चिमा केन्द्रलाई चोखो देखाएर दलमात्र खराब भन्ने मोडेलमा लेखाइएको छ । कतिपय कमिकमजोरी होलान् तर नेपाली राजनीतिक शक्तिकेन्द्रमा इसाई÷पश्चिमा कसरी खेलिरहेका छन् भन्ने कुरा मेरा मित्र राजेन्द्र सापकोटालाई जति कसैलाई पनि ज्ञान रहेनछ । यी दुष्टहरूको घेराबाट मलाई जोगाउने श्रेय उहाँलाईनै जान्छ । तथापि उहाँ र मेरा कतिपय विषयमा मतभिन्नता छन् । यतिलामो भुमिका बाँधेर यो आलेख किन लेखिएको हो भने देशभक्त र असली वैदिक सनातनिहरूका लागि सबैभन्दा खतरनाक एम्बुस राजाबादी आवरणमा आएकाहरू र राष्ट्रबादी आवरणमा देखिएका साधुको भेषमा सीता हरण गर्न आएका रावणरुपि राजाबादी राष्ट्रबादी भन्नेहरूछन् । नेपाललाई भुटानी मोडेलमा राख्नुपर्छ भन्ने रबिन्द्र मिश्रजस्ता राष्ट्रवादीहरु जस्तै एमसिसि बिरोधिहरूलाई चिनियाँ चौकिदार देख्ने राष्ट्रबादिहरूको अहिले बिगबिगि छ । यिनीहरुबाट असली देशभक्त र सनातनीहरु जोगिनु अहिलेको टड्कारो आवश्यकता हो ।

ज्ञानेन्द्रलाई उसको बाउको छाला हेरोस् भनेर हत्या नगरिएको हो
२०५८ जेष्ठ १९ को दरबारहत्याकाण्ड जहाँ २ वटा सैनिक गणको घेरा सुरक्षाको लागि थियोे । तर तत्कालीन प्रधानसेनापति प्रज्वल शमसेर जबराले सुरक्षा जिम्मा हाम्रो होईन भनेर दिएको समाचार त्यतिबेला प्रकाशित भएको थियो ।सेनाको नभए यो सुरक्षा जिम्मा कस्को हो ? अहिले सम्म जानकारी छैन । यहाँका फण्डिङ पत्रकार फण्डिङ बुद्धिजीवीहरू यो विषयमा लेख्दैनन् र बोल्दैनन् । सोलुखुम्बुका प्रजातान्त्रिक योद्धा छबि निरौला दाजुले एकजना साथी मार्फत दरबारहत्याकाण्डको १ महिनापछि प्रज्वल शमशेर जबरालाई भेट्नु भएको रहेछ । उहाँहरूलाई त ज्ञानेन्द्रलाई उसले आफ्नो बाबुको छाला हेरोस भनेर बाँकी छोडिदिएको हो भनेर अभिव्यक्ति दिएको कुरा उहाँले उल्लेख गर्नुभएको छ । छबि दाइको प्रतिक्रिया सुनेपछि म त अक्क न बक्क भएँ । दिपेन्द्रले दरबार हत्या गराए भनेर नेपाली मात्रै पुस्तक लेखेर नपुगेर अंग्रेजीमा उल्था गराउने देवप्रकाश त्रिपाठी, भारत र रअले दरबार हत्याकाण्ड गरायो भनेर लेख्ने युवराज गौतम जस्ता राष्ट्रबादीहरू, ज्ञानेन्द्रलाइ हत्या अभियोगसँग जोडिएको बाबुराम भट्टराईको लेख कान्तिपुरमा प्रकाशित गर्ने युवराज घिमिरे जस्ता वरिष्ठ पत्रकारहरूको धारणा के छ ? हाम्रा कनकमणी दिक्षत मार्काहरू यो विषयमा किन बोल्दैनन् ? डलर नआउने भएरै होला । यस प्रकारका देशी–विदेशी शक्तिकेन्द्रसँग जोडिएका राजाबादी राष्ट्रबादी आवरणमा रहेका छद्महरूको अहिले बिगबिगी छ । अर्कोतर्फ डलरबादी लोकतन्त्रबादीहरूको बिगबिगी छ । यिनिहरू सेना र दरबारिया बिरेन्द्रहत्या गर्ने गिरोहसँँगै आबद्ध छन् । अर्कोतर्फ इस्कोन, राधेराधे, आरएसएस, कृष्णप्रणामि, शाहिबाबा हिन्दूको आवरणमा यिनिहरूको मिसन इन्डो÷पश्चिमा नाजिवादी सताको मिसन हो । यी पात्र र सस्था प्रतिविम्बित उदाहरण मात्रै हो । साधुको भेषमा सीता हरण गर्न आएको रावणको भुमिका जस्तै यिनिहरू राजतन्त्र र हिन्दूको आवरणमा छन् । असली सनातनी देशभक्तहरू साबधान ! राजा र उनको वरिपरिको घेरा फरक हो । राजाको वरिपरिको घेरा इन्डो÷पश्चिमा अपराधीहरुको घेरा हो । असली सनातनी र राष्ट्रबादिहरूका लागि यो घेरा एम्बुस हो भन्ने कुरा ०५८ जेठ १९ को दरबार हत्याकाण्डले नै प्रमाणित गरेको छ । अर्कोतर्फ मण्डलेहरू छन् कमल थापा, राप्रपा सभासद पस्टर बिनालामा, हिन्दू अधिराज्यको अभियन्ता चर्चमण्डली अध्यक्ष डा.केबि रोकाय, सेना र प्रहरीसँग मिलेर एकीकृत जनक्रान्ति गर्ने नेत्रविक्रम चन्द बिप्लवको अनुहार हेरे छरपष्ट जानकारी हुन्छ ।

केहि भ्रम र यथार्थ
अहिले तत्कालीन चिनियाँ राजदुतले राजा नारायणहिटिबाट नबाहिरिँदै गिरिजाप्रसाद कोइरालालाई दिएको क्रेडेन्सियललाई लिएर चीन र राजतन्त्रबीचको सम्बन्धमा भ्रमपूर्ण अफवाह कथित राजावादी आवरणमा रहेका वास्तविक राजतन्त्र बिरोधिहरूबाट गराइएको छ । राजनीतिमा बाहिर देखिने भित्री फरक हुन्छ । राजा र राजाका वरिपरिको घेरा फरक हो । वास्तवमा परिस्थितिबस राजा बनेका ज्ञानेन्द्र बिरबिक्रम शाहलाईनै आफू कसरी के कारणले राजा भएँ थाहा नहुन सक्छ । शायद तत्कालिन प्रधानसेनापति प्रज्वलसमशेर जबराले ज्ञानेन्द्रलाई उसको बाउको छाला हेरोस् भनेर छाडेको कुरा त पक्कै पनि ज्ञानेन्द्रलाई जानकारी थिएन होला । दरबार हत्याकाण्डपछि भारतको तुरुन्तै गणतन्त्र घोषणा गर्ने योजना तत्कालीन राजपरिसद सभापति डा.केशरजङ्ग रायमाझीले विभिन्न देशीविदेशी शक्तिकेन्द्रले प्रस्ताव गरेको राष्ट्रपतिको पद अस्वीकार गरेपछि असफल भएको थियो । तत्पश्चात् राजपरिसदमै भोटिङ गराएर बहुमतले राजा अश्विकार गर्ने योजना डा.केशरजङ्ग रायमाझीका कारण असफल हुनगयो । ८० जना ज्ञानेन्द्रलाइ राजा बनाउनु पर्छ भन्नेमा र २० विपक्षमा मतदान भयो र बहुमतको निर्णयले ज्ञानेन्द्र बिरबिक्रम शाहलाई राजा घोषणा गर्ने निर्णय गरियो । तत्पश्चात राजा बन्नुभएका उहाँले राजनीतिक ब्याक्तित्वभन्दा सैनिक अधिकारी प्रहरी प्रमुख गुप्तचर प्रमुखहरूमा बढी बिश्वास गर्नुभएको जानकारहरू बताउछन । उनीहरूकै भरोसा बिश्वासमा विभिन्न राजनीतिक कदम चालिए । २०६१ माघ १९ को कदम पनि सेना र सुरक्षानिकायको बिश्वासमा चालिएको थियोे । यहीँ अवस्थामा राजाको क्याबिनेटमा रमेशनाथ पाण्डे परराष्ट्रमन्त्री नियुक्ति भए ।

उनलाई चीन पठाउन लागियो । तत्पश्चात चिनियाँ आधिकारिक निकायबाट उनलाई नपठाउन दरबारमा फ्याक्स मार्फतत् तर पनि उनैलाई पठाइयो, कीर्तिनिधि विष्टलाई पठाइएन । स्मरणरहोस्, राजदरबारका तत्कालिन मुख्यसचिव पशुपतिभक्त महर्जन र रमेशनाथ पाण्डे क्लासमेट थिए । पशुपतिभक्त महर्जनमार्फत् अमेरिकी खुफिया एजेन्सी सिआइएको मिशनअनुसार पाण्डेले राजा ज्ञानेन्द्रलाई भ्रममा पारिरहेका थिए । यो नै राजा ज्ञानेन्द्रको सबैभन्दा ठूलो कमजोरी थियो । अमेरिकी एजेन्सीसँग निकट पाण्डेसँग औपचारिकता बाहेक चीनले कुरा गर्ने वातावरण भएन । यो अवस्थामा राजाले अमेरिकी एजेन्सीका पात्रहरू अगाडि सारेर चीनसँग डिल गर्न खोज्नु एतिहासिक भुल थियो । अफगानिस्तानमा सार्कमा चिनलाई पर्यबेक्षक पाकिस्ताले प्रस्ताव गर्दैथियोे त्यहाँ पनि पाण्डेले चिनियाँहरूसँग कुरा भएको भनेर फसाइदिए । अमेरिकी एजेन्सिका मानिस मार्फत चिनसँग डिल गरेका राजा ज्ञानेन्द्रलाई केको आधारमा बिश्वास गर्ने ? चिनियाँहरूमा सबैभन्दा ठुलो समस्या देखिएको सहजै अन्दाज गर्न सकिन्छ । राजा महेन्द्रले अमेरिकीहरूसँग डिल गर्दा डा. तुल्सी गिरि, रुस÷चीनसँग डिल गर्दा डा. केशरजङ्ग रायमाझी, टङ्कप्रसाद आचार्य किर्तिनिधी बिस्ट, भारतसँग डिल गर्दा सुर्यबहादुर थापा पठाएको इतिहास छ । यो निरन्तरता राजा बिरेन्द्रले पनि दिएको देखिन्छ । बिश्वसनिय सम्बन्धका लागि बिश्वसनिय पात्रको डिल महत्वपूर्ण हुन्छ । महेन्द्र र बिरेन्द्रको सेना र गुप्तचर अधिकारीमा भन्दा राजनीति ब्यक्तित्वमा भरोसा देखिन्छ भने राजा ज्ञानेन्द्रको सुरक्षा अधिकारिहरूमा बढी बिश्वास गर्नुको परिणामनै राजतन्त्रको बिस्थापन भएको देखिन्छ । यो अवस्थामा अमेरिकी एजेन्सीका मानिसहरू र सुरक्षाअधिकारीहरूको बिश्वासमा भर्पर्नुनै चिन र राजा बीचको पर्खाल थियो । भुराजनीति कसरी बिग्रेको थियोे ? डा. केशरजंग रायमाझीसँगको भ्वाइस रेकर्ड मसँग अहिले पनि सुरक्षाका साथ छ ।

पश्चिमा एजेन्सीको वरिपरि बसेर चिनियाँसँग कसरी राजनीति डिल हुनसक्छ ? जसको परिणाम चिनियाँ राजदुतले गिरिजाप्रसाद कोइरालालाई क्रेडेन्सियल दिने अवस्था दरवार आफैले सृजना गरेको हो । त्यतिमात्रै होईन गिरिजाप्रसाद कोइरालाले राजेश्वर, देवकोटालाई प्रधानमन्त्री समर्थन गरेको हस्ताक्षर सहितको ५ बुदे पत्र लिखित दिँदा दरबारलाई राजेश्वर देवकोटा पनि स्विकार्य भएन, जसको परिणाम गिरिजाप्रसाद कोइरालालाई १२ बुँदे साम्झौता गर्न दिल्ली पु¥यायो । यसको जिम्मेवार को हो ? तारानाथ रानाभाटलाई सभामुखबाट राजीनामा मागेर प्रधानमन्त्री बन्न रोक्ने को हो ? पशुपतिभक्त महर्जन होइनन् ? असली गणतन्त्रबादी राजा र उनको वरिपरिको यही जमात हो । यही समूहले इन्डो÷पश्चिम्को योजनामा चिनसँग सम्बन्ध बिगारिदिएको यथार्थ स्वीकार गर्ने कि नगर्ने ? राजाको सचिवालय अराजनीतिक आवाराहरू र इन्डो पश्चिमा जासुसहरुको समुह भएको पुष्ठि हुँदाहुँदै तिनैआवराहरूका अनुचरहरूबाट चिन विरुद्ध अहिले पÞmेरि भड्काउने कार्य भैरहेको देखिन्छ । हामी विरुद्ध गोयबल्स अभियान चलाउने प्रयत्नपनि तिनै राजाको सचिवालय वरिपरिको गिरोहले विभिन्न पात्रहरू प्रयोग गरेर गर्ने प्रयत्न गर्दै आइरहेका छन । सबैलाई चेतना भया ।