Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राजीनामा बुझाए कुलमान राजनीतिमा

काठमाडौँ । काठमाडौं ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीलाई आजै राजीनामा बुझाएका हुन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उमेदवारी दिनका लागि उनले राजीनामा दिएका हुन् । भदौ ३० गते मन्त्रीको सपथ ग्रहण गरेका मन्त्री घिसिङले बुधबार बेलुका पत्रकार सम्मेलन गरेर राजीनामा दिएको घोषणा पनि गर्न लागेका छन् । प्रधानमन्त्री कार्यालयले उनले राजीनामा दिएको तस्बिर सार्वजनिक गरेको छ । उनले आफ्नै नेतृत्वमा नयाँ दल उज्यालो नेपाल दर्ता गराए पनि अहिले भने रास्वपासँग एकता गरेका छन् । उनी रास्वपा उपसभापति पनि हुन् ।

शुरु भयो राजनीतिको यात्रा
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले अब आफ्नो औपचारिक राजनीतिक यात्रा सुरु भएको घोषणा गरेका छन् । बुधबार मन्त्री पदबाट राजीनामा दिएपछि आयोजित पत्रकार सम्मेलनमा घिसिङले भने, भोलिदेखि नै मेरो नयाँ राजनीतिक जीवन सुरु हुन्छ । मन्त्रालयको कोठामा बसेर मात्र होइन, अब जनताको बिचमा गएर देश परिवर्तनको नेतृत्व गर्ने मेरो संकल्प छ । उनले जेन–जी आन्दोलनको भावना र जनअपेक्षा पूरा गर्न आफू अब दलीय राजनीतिमा होमिएको स्पष्ट पारे । केही अघि उनले उज्यालो नेपाल पार्टी रास्वपामा मिलाएका थिए । घिसिङले आफू कुनै पनि पार्टीको सदस्यता नलिईकनै सरकारमा सहभागी भएको भए पनि अब औपचारिक रूपमा रास्वपासँगको सहकार्यमा अघि बढ्ने संकेत गरे । उनले आफ्नो ‘उज्यालो नेपाल अभियान’ लाई राजनीतिक रूपमा थप सशक्त बनाउन र सुशासन कायम गर्न निर्वाचनमा होमिने घोषणा गरे ।पत्रकार सम्मेलनमा उनले पदभन्दा आत्मसम्मान ठूलो हुने र जनभावना नै आफ्नो शक्तिको स्रोत रहेको बताए । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमा भाग लिने मन्त्रीहरूलाई पद त्याग्न दिएको निर्देशनको सम्मान गर्दै उनले मार्ग प्रशस्त गरेका हुन् ।


सम्बन्धित समाचार

समानुपातिकमा कुन दलको कस्तो छ अवस्था ?

२०८२ फाल्गुन २५

ताजा नेपाल

तीन सिटसहित श्रम संस्कृति पाचौँ पार्टी

२०८२ फाल्गुन २४

ताजा नेपाल