Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राजीवलाई नेविसंघको जिम्मा

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी यूनियनको चुनावी मिति घोषणा गरेपछि नेपाली कांग्रेसले निष्क्रिय अवस्थामा रहेको नेविसंघ तदर्थ समितिको अध्यक्षमा राजिव ढुंगानालाई मनोनयन गरेको छ । कांग्रेस शीर्ष नेताहरुबीच गत शुक्रबार भएको सहमतिअनुसार सुनसरीका स्थायी बासिन्दा ढुंगानालाई आज सभापति शेरबहादुर देउवाले अध्यक्षमा मनोनीत गरेका हुन् ।
देउवाले काठमाडौंका मनोज वैद्य र पाल्पाकी महेश्वरी कुँवरलाई नेविसंघको महामन्त्रीमा मनोनीत गरेका छन । नेविसंघको तदर्थ समिति १ सय २७ सदस्यीय बनाउने सहमति छ। संघ तदर्थ कार्यसमितिका बाँकी पदाधिकारी र सदस्यहरुको मनोनयन पनि चाँडै हुने कांग्रेस केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
नवगठित तदर्थ समितिले मनोनीत भएको मितिले ६ महिनाभित्र नेविसंघको १२ औं केन्द्रीय अधिवेशन गराउनु पर्नेछ । अर्कातर्फ त्रिविले आगामी फागुन १४ गतेका लागि स्ववियू चुनावको मिति सार्वजनिक गरेकाले त्यसको तयारीमा समेत जुट्नु पर्नेछ ।


सम्बन्धित समाचार

किन आतंकित छ दुई तिहाईको सरकार

२०८१ कार्तिक २८

ताजा नेपाल

सरकारको पौरखले अघाए शेखर

२०८१ कार्तिक २८

ताजा नेपाल