Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राज्यमन्त्रीबाट फालिएका दुगड युवराजको स्थानमा

काठमाडौं  । राज्यमन्त्रीबाट फालिएका मोतीलाल दुगड प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त भएका छन् । यसअघि पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाको स्थानमा प्रधानमन्त्रीले दुगडलाई ल्याएका हुन् । उद्योगी, व्यवसायी दुगड यसअघि उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री थिए । अब मन्त्री सरहको सेवा सुविधा पाउने गरी दुगड प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त भएका हुन् ।

उनले सेञ्चुरी मसला उद्योगको स्थापना गरेका छन । बिराटनगरमा नै उनले चारतारे ह्यारिसन होटल पनि चलाएका छन् भने पाँचतारे होटल दी सेन्चुरियन सञ्चालनमा ल्याउने तयारीमा छन् । दुगडका केही उत्पादनमूलक उद्योग पनि छन् । लामो समय व्यापार व्यवसायमै व्यस्त रहेका दुगड करिब एक दशकदेखि राजनीतिमा लागेका हुन् । तत्कालीन सद्भावना पार्टीका अध्यक्ष गजेन्द्रनारायण सिंहको प्रेरणाले राजनीतिमा लागेको उनी बताउने गर्छन् ।