Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राज्यमन्त्रीले भनिन्, त्यसपछि मात्रै म एकराजको घरैमा गएको हुँ

काठमाडौं । दाङको तुलसीपुर ५ बसपार्क स्थित वाइसिएल नेता एकराज बस्नेतको श्रीमती र छोरीमाथि कुटपिट गरेको भन्दै विवादित बनेकी राज्यमन्त्री विमला कुमारी खत्री वलीले वास्तविकता भने फरक रहेको बताएकी छिन् । उनले सञ्चार माध्यमलाई प्रतिक्रिया दिँदै आफू एकराजसँग भएको पैसाको कारोबार मिलाउन गएको बेला आफूलाई नियोजित तरिकाले फसाउनका लागि यस्तो प्रपन्च गरेको बताएकी छिन् ।
उनका अनुसार वाइसिएल नेता एकराज बस्नेतसँग पैसाको कारोबार थियो । त्यो कारोवार मिलाउनका लागि एकराजसँग एक हप्तादेखि छलफल भइरहेको थियो । फोनमा कुरा भएपनि एक हप्तादेखि सम्पर्कमा नभएपछि विमला घरमै जान बाध्य भइन । एकराजले मेरो पैसा सापटी लिएको, त्यही पैसाको कारोवारका लागि म घर गएकी थिएँ, उनले भनिन् फोनमा त कुरा भइरहेको थियो, तर, एक हप्तादेखि भेट हुन सकेको थिएन ।
विमलाका अनुसार एकराजकै घर जानुभन्दा केही समय अघिसम्म पनि फोनमा कुरा भइरहेको थियो । जब उनी घरमा पुगिन त्यसपछि एकराजलाई भेटाउन नसकेको मन्त्री विमलाको भनाई छ ।‘जब म घरमा पुगेँ, त्यहाँ एकराज नभेटिएपछि, ‘खोइ १ एकराज भनेर सोधेकी हुँ’, विमलाले भनिन्, भर्खरै फोन भएको,अहिले पनि सम्पर्क हुँदैन भनेर मैले भनेँ । त्यसपछि एकराजको श्रीमतीले जेठाजु बीरेन्द्र बस्नेतलाई बोलाएको विमलाले बताइन्।
जेठाजु बीरेन्द्र बस्नेतसहित घर परिवार र छिमेकी आए । उनीहरु आएपछि भित्रबाट घरको गेटमा चुक्कुल लगाए । चुक्कुल लगाएपछि बीरेन्द्रले आफूलाई गालीगलौज गरेको बताएकी छिन् ।‘विरेन्द्र आएपछि भित्रबाट चुक्कुल लगाए, त्यसपछि नानाथरी गालीगलौज गरे, अपशब्द बोले, एक पटक विरेन्द्र पिट्न पनि उठेक थिए, त्यतिबेला, पिएसओ र मीनाका ससुरा वुवाले छेकेपछि पिट्नबाट रोकिए’, राज्यमन्त्री वलीले भनिन्‘ त्यतिेबला उल्टै मलाई एक करोड हिनामिना गरेको, सुन चोरेकोसम्मको आरोप पनि लगाए ।
एकराजकी श्रीमती र आफूबीच तानातान हुँदा आफ्नो पनि चुरा फुटेको बताइन् । उनले आफू सामान्य कुरा गरेर फर्किने तयारी गरेको भएपनि त्यहाँ चुकुल लगाएर मान्छे बोलाएर विवाद चर्काएको विमलाको आरोप छ । आफ्नो एकराजसँग मात्रै काम भएकाले त्यही अनुसार त्यहाँ गएको राज्यमन्त्री वलीले बताइन् । एकराजकी श्रीमती मिनाले भने आफू र छोरीलाई कुटपिट गरेको बताएकी छिन् । सोही अनुसार उनीहरुले मुद्दा दर्ता गर्ने तयारी गरिरहेका छन् । अहिले सदन चलिरहेकाले राज्यमन्त्री वलीलाई बुटवल लगिएको छ । तर, उनी प्रहरी कै निगरानीमा छन् । विमला मन्त्रालयकै गाडी र पिएसओसहित मंगलबार पौने ९ बजेतिर एकराजको घर गएकी थिइन ।