Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रातारात अपहरण गरी दबाइएको काण्ड

काठमाडौं । सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँ पालिकाका आफूलाई कांग्रेसी कार्यकर्ता भएको दावी गरेर काठमाडौं, धादिङ र सोलुको पनि अनेक ठाउँमा आतंक मच्चाउने शुभराम बस्नेत भन्ने व्यक्ति र उनका काका भैरव कुमार बस्नेत र उत्तम खड्डका समेतले लिखुखोला जल विघूत योजनासँग मागेको पैसा नपाएपछि योजना प्रमुख राजन कुमार खत्रीलाई गत जेठ १६ गते विहानै अपहरण गरी सोही राति १५ दिनभित्र १२ लाख तिर्नेछु भन्ने कागजमा जवरजस्ती सही गराई रातिमात्र निज राजन कुमार खत्रीलाई छाडिदिए । यसमा राजन कुमार खत्रीले जिल्ला प्रहरी कार्यालय, सोलुमा उजुरी दिंदा पनि निकै दिनसम्म कुनै कारवाही गरिएन । निज शुभरामले बन्दुक बोकी जिल्लाको धेरै ठाउँमा शिकार खेल्ने, मानिसलाई डर, धाक, धम्की देखाई सबैलाई आतंकित पार्ने काम अरु बढाएकाले यसैमा जेठ ३२ गते निजलाई पक्राउ गरी सोलुखुम्बु जिल्ला प्रहरी कार्यालयले हाल अनुसन्धान गरिरहेको छ ।
तर यसैलाई सोलुका कांग्रेसी कार्यकर्ताहरुलाई, सरकारले झुट्टा मुद्दा लगाएर दमन गर्यो भनी यही अषाढ ४ गते संसदमा पनि सांसद पुष्पा भुसाल र दिलेन्द्र बडु समेतले विरोध गरे । के कांग्रेसी हुँ भनेपछि उसलाई पञ्चखत माफ हुन्छ ? उसले जोससित पनि जवरजस्ती पैसा उठाउने, जलविधूत योजनालाई काम गर्न बाधा गर्ने र जलविधूत प्रमुखलाई अपहरण गरी जबरजस्तीसंग, पैसा बुझाउने छु भन्ने कागज गराएर आतंक फैलाउन, गुण्डागर्दी गर्न पनि छुट हुन्छ ?
यस्ता अपराधमा सबैलाई सजाय हुने तर कांग्रेसी कार्यकर्ता हुँ भने पछि देशको प्रचलित कानूनले पनि उनीहरुलाई छुट दिनु पर्छ भनिएको हो ? गत केही महिनदेखि सोलुको लिखुपिके गाउँपालिका भित्र मात्र होइन, अनेत्र पनि शुभरामले आतंक फैलाइरहेका छन् । यस्ता आतंककारीलाई छुट दिएर मुलुकलाई गुण्डाराज गराउने काँग्रेसको उद्दश्य हो भने हामीलाई केही भन्नु छैन, होइन भने भुषल र बडुले यसको जवाफ दिउन ।