Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रातारात आफैं फिल्डमा खटेर सडकका खाल्डा पुर्दैछन् मन्त्री घिसिङ

काठमाडौं। काठमाडौंका साघुँरा सडकमा रहेका खाल्डाखुल्डी सवारीचालकको टाउको दुखाईको कारण बनेका छन् । त्यतिमात्रै होइन, महिनौसम्म नपुरिने सडकका खाल्डाखुल्डी उपत्यकामा हुने दुर्घटनाको एक मुख्य कारण पनि बनेका छन् । तर, अन्तरिम सरकार भने सडकमा रहेका यस्ता खाल्डाखुल्डी तत्कालै पुर्ने अभियानमा लागेको छ । अन्तरिम सरकारका ऊर्जा तथा जलस्रोत, शहरी विकास र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङ रातदिन नभनी फिल्डमै खटिएर काम गरिरहेका छन् । कुशल प्रशासकको छवि बनाएर मन्त्री बन्न सफल घिसिङको पहलमा रातारात सडकका खाल्डा पुर्न थालिएको छ । गत भदौदेखि उपत्यकामा राइड सेयरिङ गर्दै आएका समिर भट्टराई भन्छन्, म रातको १०–११ बजेसम्म सडकमा नै हुन्छु । मजदुरले धमाधम सडकका खाल्डा पुर्ने काम गरिरहेको देख्छु । लामो समयसम्म पनि सडकका बीचमा भएका ठूल्ठूला खाल्डा नपुर्दा जीवननै धरापमा पारेर काम गर्नुपर्ने अवस्था हुन्छ । सरकारको यो कदम स्वागतयोग्य छ । यस्तै जागिरका लागि दिनहुँ ललितपुरको झम्सीखेलदेखि रत्नपार्कसम्म स्कुटरमा यात्रा गर्ने कविता श्रेष्ठ पनि सरकारले सडक सुरक्षाबारे तीव्र गतिमा काम गर्नु सकारात्मक रहेको बताउँछिन् । ललितपुरको थापाथली क्षेत्रको सडकको बीच भागमा रहेको खाल्डाकै कारण दुर्घटना समेत भोग्नुपरेको उनी सम्झिन्छिन् । नागरिकका यिनै समस्या सुल्झाउन केही दिनदेखि मन्त्री घिसिङ सडकमै पुगेर खाल्डा पुर्ने कामलाई तीव्रता दिएका छन् । उसो त यो काम सडक विभागले विगतमा पनि गर्दै आएको थियो । तर, नागरिकको जीउधनको सुरक्षासँग प्रत्यक्ष जोडिएको सामान्य लाग्ने यस विषयमा समेत मन्त्री स्वयं फिल्डमा उत्रिएर काम गरेको विषय नागरिकका लागि नौलो हो । हाल राति ११ बजेदेखि बिहान ४ बजेसम्म काम भइरहेको छ । गत सोमबार राति करिब ११ बजे खाल्डाखुल्डी पुर्ने काम भइरहेकै बेला मन्त्री घिसिङ भइरहेको कामको निरीक्षणका लागि फिल्डमै उत्रिएका थिए । त्यसको तीन दिनपछि उनी पुनः त्यसका लागि आवश्यक पर्ने सामाग्रीसहितको पूर्वाधार एम्बुलेन्सनै लिएर सडकमा पुगेका थिए । सडक डिभिजनमार्फत नेपालमा पहिलोपटक सुरु गरिएको यो सेवासँगै उनले सडकमा खाल्डाखुल्डी देखिए नागरिकले सुझाव दिने मोबाइल एपको समेत विकास गर्ने सन्देश दिए । देशभरका सडकका खाल्डाखुल्डी मर्मतका लागि सडक बोर्डबाट १ अर्ब २५ करोड रुपैँया बराबर बजेट सुनिश्चितता भइसकेकाले आर्थिक समस्या नरहने उनको भनाइ छ ।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल