Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राधेश्याल अधिकारी भन्छन् : ओली कामचलाउ थिए र अदालतले त्यही सम्झायो

काठमाडौं । संविधानविद् एवं राष्ट्रियसभाका सदस्य राधेश्याम अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओली यसअघि नै पदमुक्त सरह भइसकेको भन्दै सर्वोच्च अदालतले त्यसैलाई पुनर्पुष्टि गरेको बताएका छन् । संसद विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद विस्तारलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि अनलाइनखबरलाई प्रतिक्रिया दिंदै अधिकारीले जेठ ७ गते नै प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न सक्दिन भनिसकेको बताएका छन् । यो सरकार पहिला नै कामचलाउ थियो, उनले त्यतिबेला थपक्क राजीनामा गरेर बस्नुपर्नेमा संसद् विघटनतर्फ लागे अधिकारीले भने पहिला नै कामचलाउ भएको सरकारले ३–३ उपप्रधानमन्त्री बनाएर मन्त्रिपरिषद् विस्तार गर्ने काम भयो, आज अदालतले त्यसलाई खारेज गरेको छ ।


सम्बन्धित समाचार