Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राप्रपाका नेता भकुर्ने तीन जना निलम्बित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिका सदस्य ठाकुरमोहन श्रेष्ठलाई कुटपिट गरेको आरोपमा सहायक महामन्त्री प्रेम बलायर सहित तीन जना निलम्बनमा परेका छन्। केन्द्रीय कार्यसम्पादन समितिले सहायक महामन्त्री बलायर, काठमाडौं(४ का क्षेत्रीय अध्यक्ष ऋद्धिप्रताप राणा र राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका महासचिव निराजन बमलाई निलम्बन गरेको राप्रपाका एक पदाधिकारीले बताए। उनका अनुसार तीनै जना चार वर्षका लागि निलम्बनमा परेका हुन्। राप्रपा बैठकमा पार्टी उपाध्यक्ष विक्रम पाण्डेको आलोचना गरेको भन्दै फागुन २७ गते श्रेष्ठमाथि कुटपिट भएको थियो। निलम्बनमा परेका तीनै जना पाण्डे निकट मानिन्छन्। केन्द्रीय अनुशासन समितिले भिडिओ फूटेज लगायतका आधारमा छानबिन गरेर निलम्बनका लागि सिफारिश गरेको थियो। त्यही भएर उहाँहरू निलम्बित हुनुभएको हो, राप्रपाका एक पदाधिकारीले भने।


सम्बन्धित समाचार

इरानलाई ट्रम्पको कडा चेतावनी

२०८३ जेष्ठ ४

ताजा नेपाल

नेताहरुलाई जिम्मेवारी दिँदै ओली

२०८३ जेष्ठ ४

ताजा नेपाल