Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राप्रपालाई दुर्गा प्रसाईँको चुनौती

काठमाडौं । राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाको अभियानमा सक्रिय मेडिकल व्यवसायी दुर्गा प्रसाईले राप्रपाका नेता कमल थापा र राजेन्द्र लिङदेनलाई लल्कारेका छन् । आफूलाई राप्रपाका नेताहरुले ‘गोठालो’ सम्झिएको भन्दै प्रसाईले आफू राप्रपाको गोठालो नभएको बताएका छन् । फागुन २५ गते पोखराबाट काठमाडौं फर्केका पूर्वराजा ज्ञानेन्द्रलाई त्रिभुवन विमानस्थलबाट निर्मल निवाससम्म पुर्‍याउने कार्यक्रम आफूले आयोजना गरेको तर त्यहाँ राप्रपाका नेताहरु घुसेर गाडीमा झुण्डिएको प्रसाईले गुनासो गरे । विगतमा राजसंस्था र हिन्दु राष्ट्र फालेर गणतन्त्र स्थापनामा राप्रपाको समेत हात रहेको प्रसाईले बताए । राजसंस्था ढल्नुमा स्वयं राजाको सचिवालय पनि जिम्मेवार रहेको बताउँदै उनले भने, राजाको सचिवालय पनि ठीक छैन । राप्रपाले संसदमा गएर गणतन्त्रको भोज खाइरहेको प्रसाईको आरोप छ । राप्रपाले साँच्चै राजसंस्था र हिन्दुराष्ट्र फर्काउन चाहेको हो भने सांसद पदबाट राजीनामा दिएर सडकमा आउन उनले राप्रपा नेताहरु राजेन्द्र लिङदेन र धवल समशेर जबरालाई चुनौती दिएका छन् । रास्वपा सभापति रवि लामिछानेमाथि पनि कडारुपमा प्रस्तुत हुँदै प्रसाईले रविलाई ‘देउवा र ओलीसँगै भाग खान हिँडेको’ आरोप लगाएका छन् । ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं विमानस्थलमा आउँदा भएको राजावादीको प्रदर्शनलाई राप्रपाद्वारा आयोजित कार्यक्रम भनिएकोमा आक्रोशित बनेका प्रसाईले त्यसको दुईदिन पछि भक्तपुरस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गरेर के–के भने ः राप्रपातिर संकेत गर्दै प्रसाईले भने, मौका मिल्दाखेरि सदनमा जाने, सदन पनि खाने । गणतन्त्रको भोज खाएर राजतन्त्रको वकालत गर्दैन दुर्गा प्रसाईले । गणतन्त्रको भोज खाने, राजतन्त्रको वकालत गरेर म अरु सांसदहरुजस्तो नाटक गरेर हिँड्दिनँ । म जे देख्छु त्यही गर्छु, जे बोल्छु, त्यही गर्छु । फुगन २५ गते हाम्रो विशेष पहलमा हामीले आयोजना गरेको कार्यक्रम हो । एयरपोर्टमा सवारी हुँदै गर्दा राजालाई हामीले भव्य स्वागत गरेर निर्मल निवास लगेर छिरायौं । पोखराबाट काठमाडौं आउँदाखेरि राजाको त्यत्रो भव्य स्वागत भयो । र, मैले वीचमा के भनको थिएँ भने राजालाई हामी हातमा समातेर राजदरबार छिराउँछौं, त्यतिखेर कसैले रोक्न सक्दैन । हिजो यो स्थिति (गणतन्त्र) ल्याएको कसले भन्दाखेरि सबैभन्दा ठूलो दोष, सबैभन्दा ठूलो ‘फ्रड’ काम गरेको भनेको राप्रपाले हो । ०७२ साल असोज ३ गते राप्रपा भन्ने पार्टी, त्यसका अध्यक्ष कमल थापा र राजेन्द्र लिङदेनले साइन गरेको थिएन भने न राजसंस्था जान्थ्यो, न हिन्दु अधिराज्य जान्थ्यो ।