Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राप्रपालाई पनि महाधिवेशनको चटारो

काठमाण्डौ । आगामी कार्तिक २७ देखि ३० सम्म पार्टीको एकता महाधिवेशन आयोजना गर्न लागेको पूर्व पंचहरुको पार्टी राप्रपा भित्र पूराना नेताहरुलाई थन्काएर नयाँ नेताहरु आउने जमर्काे गरेका छन् । पार्टीको नेतृत्वमा युवा पंक्तिको ब्रचस्व हुनु पर्छ । तर अग्रजहरुलाई सम्मानित स्थान दिनु पर्छ भन्ने मान्यता राख्ने नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शम्सेर राणा यो महाधिवेशनमा पार्टी अध्यक्ष बन्ने तयारी गर्दै छन् ।

राणासँगै युवा नेताहरु जयन्त चन्द, राजेन्द्र लिङ्देल र विक्रमा पाण्डे अध्यक्ष पदको दाबेदारी गर्दैछन् । यी मध्ये राजनीतिक रुपमा र स्थानीय तहमा आफूले प्राप्त गरेको सफलतालाई निष्ठासँग जोड्ने धवल शम्सेर अग्र मोर्चामा देखिन्छन् । जयन्त चन्द पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दका पूत्र हुन् भने राजेन्द्र संघिय सांसदका संसद हुन् । राजनीतिसँगै ठेकेदारी व्यवसायी गर्ने विक्रम पाण्डे चितवन निवासी हुन् । यी सबै आफूलाई युवाको रुपमा प्रस्तुत गर्छन् । तर अन्यले आफ्ना एजेण्डा ल्याउन नभ्याउदै धवल शम्सेर राणा एजेण्डा सहित जिल्ला दौडमा निस्किएका छन् । राणा भन्छन् ८५ प्रतिशत हिन्दू भएको देशमा धर्म निरिपेक्षता लादेर धार्मिक स्वतन्त्रता माथि आघात बनाउने काम भएकोले वर्तमान संविधान परिवर्तन गरेर होस् वा जनमत संग्रह गरेर किन नहोस् हिन्दू राज्य नेपालले स्वीकार्नु पर्दछ । अहिले विवादमा रहेको मिलिनियम च्यालेन्ज कर्पाेरेसन (MCC) का पक्षमा आफू नभएको दाबी गर्ने राणाले राष्ट्रियता माथि घात गर्ने कुनै पनि सम्झौता गर्नु हुदैन । मुलुकलाई सम्वृद्दि दिलाउन सुशासनयुक्त समाज चाहिन्छ आर्थिक सम्बृद्दि ल्याउन स्पष्ट राजनीतिक कार्यदिशा आवश्यक पर्छ तर संघियता र गणतन्त्रले मुलुकलाई सफल हुन नदिएको वर्तमान अवस्थामा आर्थिक पारदर्शीता कमजोर हुँदा समाज भ्रष्टाचारले व्याप्त भएको उनी बताउछन् । राणाको विचारमा सानो आकारको संघिय सरकार, शक्क्ति सम्पन्न स्थानीय सरकार भयो भने देश विकासका निम्ति समस्या छैन । अहिलेको स्थितिले मुलुकलाई धान्दैन । यहि सेरो फेरोमा आफ्नो एजेण्डा तयार पार्ने राणाको तयारी देखिन्छ । उनी जिल्ला दौडमा खटेका छन् । राप्रपाले असोज पहिलो साता जिल्ला अधिवेशन भदौ २७ र २८ मा क्षेत्रीय अधिवेशन गर्ने तयारी अनुसार यतिखेर वडा अधिवेशनहरुको अभियान चलाएको छ ।