Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राप्रपा तटस्थ बस्दा ढल्ने भो शाही सरकार

काठमाडौं । अन्तिम समयमा आएर राप्रपा तथस्थ बस्ने भएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सत्ता ढल्ने भएको छ । प्रदेशसभामा शुक्रबार विश्वासको मत लिने तयारीमा रहेका मुख्यमन्त्री शाहीलाई राप्रपाले साथ नदिने भएको हो । कर्णाली प्रदेशसभामा तत्काल कायम ३९ सांसदमध्ये नेकपा एमालेसँग २० सांसद छन् । १३ सांसद रहेको माओवादी केन्द्रले आफ्ना एक सांसदमाथि कारवाही गरिसकेका कारण ऊसँग १२ सांसदमात्र छन् ।

मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्नका लागि ६ सांसद रहेको काँग्रेसको समर्थनले मात्र पनि पुग्दैन, एक सिट रहेको राप्रपाका अतिरिक्त एमालेका कम्तीमा दुई सांसदले फ्लोर क्रस गर्नुपर्ने हुन्छ । माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री शाहीलाई सरकार जोगाउन कम्तीमा पनि २० सांसद आवश्यक पर्दछ ।

२० सांसद एमालेसँगै रहेको अवस्थामा एमालेका सांसदले फ्लोर क्रस गरेनन् भने मुख्यमन्त्री शाहीले विश्वासको मत लिन नसक्ने प्रस्ट छ ।
त्यसमा पनि राप्रपाले प्रदेशसभामा तटस्थ भूमिका निर्वाह गर्ने निर्णय गरिसकेका कारण सरकारलाई विश्वासको मत लिन झनै चुनौतीपूर्ण हुने देखिएको छ । राप्रपाका सचिवालय सदस्य राजाराम बर्तौलाका अनुसार बिहीबार पार्टीका प्रमुख तीन नेताहरुको बैठकले सरकार बनाउने र ढाल्ने खेलमा राप्रपा सहभागी नहुने निर्णय गरेको छ ।