Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राप्रपा नामक क्रिप्टो–हिन्दूको असली अनुहार

  • अर्जुन ज्ञवाली

 

हिन्दू धर्मको आवरणमा देखिएको यो मण्डले गिरोह पश्चिमाको अर्को घोडा हो । किर्तिनिधि बिष्टको प्रधानमन्त्रीत्व कालको समयमा सिंहदरबारमा रअको योजनामा यही मण्डले गिरोहले आगो लगाएको थियोे । उक्त आगलागीबाट नेपालको इतिहाससम्बन्धी धेरै ऐतिहासिक दस्तावेजहरू नष्ट भएका थिए । यो कुरा भोला चटर्जिले लिएको बिपि कोइरालाको अन्तरबार्ताहरूको संगालो पुस्तकमा उल्लेख छ । बिपि बाइबल र कांग्रेस पुस्तकमा पनि सोही कुरा उल्लेख गरिएको छ ।
यो मण्डले गिरोह गोर्खाभर्ती मार्फत भारत र बेलायती सेना बनेर इन्डो÷पश्चिमाको युद्धमा मारिएका नेपालीको विषयमा कहिल्यै बोल्दैन । नत नेपालको सेना भारतको मानार्थ राष्ट्रसंघको शान्तिसेना बनेर अमेरिकी साम्राज्यवादको गुलाम बनेको विषयमा बोल्दछ । यो कुख्यात मण्डले गिरोह राजा बिरेन्द्रको हत्या गर्ने गिरोह हो । दरबार हत्याकाण्डमा जोडिएकि देवयानी राणाका बाबु पशुपतिशमशेर राणाको अनुहार हेर्दा हुन्छ । २०५३ सालमा राष्ट्रघाती महाकाली सन्धि गर्न दलाल प्रकाशचन्द्र लोहनी, कमल थापालगायतको अनुहार हेर्दा हुन्छ । यो मण्डले गिरोह हिन्दूको नाममा भोट मागेर इसाईलाई मनोनीत गर्दछ यो पत्रमा हस्ताक्षर गर्ने बिना लामा तिनै पास्टर हुन् । यो अपराधी मण्डले गिरोह नै हो बागमती र बिस्णुमतिमा ढल हाल्न लगाएर पौराणिक नदिहरू दुसित बनाएको ।
बुद्धिमान तामाङ नामक यही गिरोहको मण्डले हो जसले धादिङमा चर्च बिस्तार गर्न सहयोग ग¥यो र अहिले उसकै सिफारिसमा भ्याटिकनको आदेश तामेल गर्न पास्टर बिनालामा लाई अगाडि लगाइएको छ । त्यही बुद्धिमान तामाङका भाञ्जी ज्वाइँ कुलमान घिसिङ नेपालको बिजुली सस्तोमा भारतलाई दिने र महङ्गोमा किन्ने गरेर बिधुत प्राधिकरण मार्फत लोडसेडिङ हटाएको प्रपोगण्डा गराएर नेपालको जलस्रोत भारतमा केन्द्रित गर्न क्रियाशिल छ जो अमेरिकी प्रोजेक्ट एमसिसिको बोर्डमा बसेका छन् । यो कुख्यात मण्डले गिरोह राष्ट्रबादको मुकुण्डो लागाएको सबैभन्दा राष्ट्रघाती अपराधिक गिरोह हो । यो गिरोहले भ्याटिकनको आदेश तामेली गर्न पशुपतिनाथ उखेलेर म्युजियममा राख्नुपर्दछ भन्ने बिपि कोइरालालाई राष्ट्रबादी देख्छ तर महाकाली सन्धि बिरोधी राजेश्वर देवकोटालाई चिन्दैन ।
वास्तविक गणतन्त्र ल्याउने पनि यही मण्डले गिरोह हो । यसकारण यो गिरोह कहिले प्रचण्डको सरकारमा, कहिले केपी ओलि, कहिले शेरबहादुर देउवा पालैपालो बर्तमान ब्यवस्थामा कलो खान गइरहेको हाम्रै अगाडि छ । यो मण्डले गिरोह अहिले अमेरिकी साम्राज्यवाद र नेटोविरुद्ध रुसी सेनामा भर्ना भएका नेपालीप्रती माया भएर होईन अमेरिकी साम्राज्यवादको तावेदारी स्वरूप बगाएको गोहीको आशुमात्र हो । ए कुख्यात मण्डले जंगबहादुर राणाजस्तो बेलायती पाल्तु कुकुरका अनुचरहरू राणाहरूले गोर्खा भर्ती मार्फत् भारत, बेलायत युद्धमा नेपाली मराउँदा तिमीहरू कहाँ थियौ ? ए कुख्यात मण्डलेहरू खाडी, मलेसियाबाट दिनमा दर्जनौं बाकसहरू नेपाल फर्कदा तिमीहरूको संबेदना कता हराएको थियोे ? बिश्व बहुध्रुबमा गइरहेको अवस्थामा कोही पनि बीचमा रहन सक्तैन । आफ्नो कित्ता क्लियर गर्नै पर्दछ, यो मण्डले गिरोहले आफ्नो कित्ता क्लियर गरेको छ स्पस्टरूपमा जेलेन्स्की मोडेलको यहुदी नक्कली राष्ट्रबादको अमेरिकी कित्तामा उभिएको छ । यो पत्र त्यसैको खुल्ला अभिव्यक्ति हो । कित्ता किलियर हुनुपर्छ र हाम्रो चाहना पनि ध्रुवीकरणनै हो । राप्रपा नामक मण्डले र कांग्रेसले कित्ता क्लियर गरेका छन् अब एमाले, माओवादीले पनि कित्ता क्लियर गर्नैपर्दछ । अब भुराजनितिले पनि बीचमा बसेर दोहोरो भुमिका खेल्न दिँदैन । होलिवाइन केपी ओलीसँग गठबन्धन गरेर आएको यो मण्डले गिरोह धेरै समय बीचमा रहने अवस्था थिएन, किनकि ध्रुवीकरणको चरणमा बीचमा रहेर दिने भ्रम केही समयलाई मात्रै हो, लामो समय संभव हुँदैन । अब १८१६ को किर्ते सुगौली सन्धिदेखिको बेलायत÷इन्डियन अर्थात इन्डो÷ पश्चिमा गिरोहको सत्तालाई खरानी बनाउनै पर्दछ र बिश्व भुराजनीतिले पनि त्यो अनुकुल वातावरण बन्दै गैरहेको छ ।

एमसिसिमा अदालतको पाठ भ्रम र वास्तविकता
हो म माओवादीको आलोचक हु तर एजेन्डा र नीतिको आधारमा । एमसिसि बिरोधिलाई चिनियाँ चौकिदार देख्ने हिन्दू बौद्ध आवरणमा रहेका काला अंग्रेज आरएसएस निकट रेबिज लागेका कुकुरहरू हुन् या कांग्रेस÷एमालेहरू यी देख्दा फरक देखिए पनि एउटै हुन् । माओवादीले एमसिसि रोक्न खोजेकै हो । देउवासँग गठबन्धन तोडेर एमसिसि रोक्ने शर्तमा केपी ओलिसँग एकताका लागि गएकै हो । तर ओलीले एमसिसिमा देउवालाई सहयोग गर्ने देखिएपछि १२ बुँदे बिवादस्पद शर्त सहित पारित गरियो । संसदबाट पारित गरिए पनि ३५ दिन भित्र राष्ट्रपतिबाट हस्ताक्षर हुनुपर्ने संसदिय मुल्य मान्यता हुँदाहँुदै यो सम्झौता राष्ट्रपतिबाट हस्ताक्षर भएको छैन त्यसकाण यसको बैधानिकता छैन । भुराजनीति विषय अदालतले फैसला गर्दैमा कार्यान्वयन हुँदैन ।
नेपालको अदालत र सेना अमेरिकी एजेन्सीको नियन्त्रण घेरामा रहेको सबैलाई जानकारी छ । अहिले अदालतको एमसिसि सम्बन्धि पाठलाई स्वयं अमेरिकी खेमाकै अनुचरहरूले गरेको ब्याख्याको औचित्य राष्ट्रपतिले हस्ताक्षर नगरेको सम्झौता हुनाले स्वतह खारेज भैसकेको छ । एमसिसि र एसपिपि सम्झौतामा २०५८ जेष्ठ १९ गते राजा बिरेन्द्रको परिवारको हत्याको सुरक्षा जिम्मेवारी नलिएको सैनिक केन्द्रको भित्री रूपमा समर्थन थियोे र छ । तर भुराजनीतिले उनीहरूलाई खुल्ला देखिन गा¥हो भएको हो । रुस विरुद्ध जसरी युक्रेनमा अमेरिकी सैन्य सङ्गठन नाटो एमसिसि मार्फत आएको थियोे नेपालमा चीन विरुद्ध युक्रेनकै मोडेलमा आए हो । अब जसरी माओको आवरणमा बब अभाकियन जस्ता सिआइए जासुस मार्फत चलाइएको कथित माओवादी हिंसाका लडाकुहरू अहिले युक्रेन विरुद्ध रुसको सेना भएर अमेरिकी साम्राज्यवाद विरुद्ध नाटोसँग लडिरहेका छन् अमेरिकी साम्राज्यवादको निदहराम भएको छ तिनका नेपाली दलाल छटपटाइरहेका छन् एमसिसि विरुद्ध पनि त्यही हुनेछ ।
बिपि कोइरालाले २०१५ सालमा नेपाललाई अमेरिकी कित्तामा धकेल्दा राजा महेन्द्रले देश बचाउन २०१७ पौष १ गते जुन परिस्थितिमा जिम्मेवारी लिनु प¥यो अहिलेको ठिक त्यस्तै अवस्था हो । कम्युनिष्ट आवरणको पुष्पलाल नामक रअको भुस्याहा कुकुर र त्यसका अनुचरहरूले बिगतमा जसरी इन्डो÷पश्चिमा कित्तामा रहेर भ्रम दिएका थिए, केपि ओलि नामक देशद्रोहीले त्यही काम गरिरहेका छन्, बामपन्थी ध्रुवीकरणको बाधक पनि ओलि हुन् ।
देशले २०१७ साल खोजेको छ । अबको २०१७ मोडेल भनेको गद्दाफी मोडेल हो । गद्दफी मोडेलको लागि भुराजनीति पनि अनुकुल हुँदै गइरहेको छ । चीन÷रुस ध्रुवीकरण र अमेरिकीहरूको ओरालो यात्रा नेपाली मोडलको गद्दाफी शासनकालाई अनुकुल हुँदै गइरहेको अवस्था छ । अब कोही पनि बीचमा रहन सक्तैन । नेपाल नयाँ युक्रेन बन्न सक्तैन, एमसिसि लागु हुनै सक्तैन । एजेन्डा बिहिन रूपमा गणतन्त्र र राजतन्त्रको बहसको कुनै औचित्य छैन । भुराजनीति टकरावले त्यसलाई खारेज गरिसकेको छ । कुन कित्ता रोज्ने इन्डो÷पश्चिमा देशद्रोही कित्ता कि नेपाल एकीकरणको लिगेसी भित्रको इन्डो÷ पश्चिमा बिरोधि कित्ता ? राप्रपा या कथित राजाबादी आवरणमा देखिने औचित्यहिन एजेन्डा बिहिन प्रहसनको कुनै औचित्य छैन । भुराजनीतिले यस्ता प्रहसनको औचित्य खारेज गरिसकेको छ । यो युग भुराजनीतिमा नयाँ लेनिनको रूपमा पुटिन र नयाँ माओको रूपमा सि चीन फिङको उदय भैसकेको युग हो । भुराजनीति मजाग होईन । खुरुश्चेव, जवाहरलाल नेहरू युग होईन । नेपालले नेपाली मोडेलको गद्दाफी खोजेको छ त्यो संभावना छ ।

सीआइए अनुचरको वकपत्र
एकजना दरबार हत्याकाण्डको समयका सैनिक सचिब दरबारबाट नेपाल देखेको देख्यै हुनुहुदो रहेछ । के के देख्नु भयो कस्तो देख्नुभयो ? उहाँले दिपेन्द्रले रोजेकी केटी बिवाहा गर्न नदिएर दरबार हत्याकाण्ड दिपेन्द्रले गराएको देख्नुभएछ । त्यसको आधार बिजय कुमारले लिएको गोरख शमसेर राणाको अन्तरबार्ता । दिपेन्द्रलाई नयाँ बजारमा सेनाको गाडीले लखेट्दै गरेको देख्नेहरू सुकुन शर्मा लगायत जीवितै छन् । अर्को उहाँले पूर्वप्रधान सेनापती धर्मपालवर सिहको निकै बढाइ चढाइ गर्दै बिरेन्द्र र दिपेन्द्रसँग राम्रो सम्बन्ध भएको लेखेछन् । भारतको गुडगाउँमा बस्ने थापाका ज्वाइँ दिलिप शमशेर जबराकै घरमा तत्कालीन भारतीय जासुसी सस्था रअ का प्रमुख पिके हर्मिज थाराकन दरबार हत्याको समयमा बसेका थिए भने यी सैनिक सचीव कार्टर सेन्टरका संयोजक दुमन थापासँग ठमेलमा । सिआइएसँग सैनिक सचीव ठमेलमा रअसँग सहसेनानी बिशालनगरमा ।
कोशी, गण्डकी, कर्णालीमा धेरै पानी बगिसकेको छ । यो युग यसरी झुट लेखेर पत्याउने युग होईन । सूचना सञ्चार डिजिटल सामाजिक सञ्जालको दुनियाँमा अहिले पाठक इभिडेन्स मार्फत नजिक पुगेर धारणा बनाउँछ उहाँमा यति पनि हेक्का रहेको देखिएन ।
नेपालीमा उखान छ नि, ढाँटेको कुरा काटे पनि मिल्दैन । विवेक शाहका झुट बोल्दाबोल्दै आफैंमा बाझिने अभिव्यक्तिहरू छन् शाहको फट्याइँको चिरफार ‘नारायणहिटी हत्याकाण्ड, नेपाली कम्युनिष्ट र सिआइए’ पुस्तकमा गरिएको छ । विवेश शाहले दरबारबाट नेपाल देख्नुभयो हामी साधारण नागरिकले विवेक शाहजस्तै सैनिक जनरलहरूले लेखेका पुस्तक हेरेर जनताको तहबाट शाह जस्ता बेइमान सैनिक जनरलहरूले देशलाई गरेको घात, दरबार हत्याकाण्ड देख्यौं ।
महानिशा, रक्तकुण्ड, माघ १९को महाभारत, प्रयोगशाला आदि लेख्ने पनि तपाईं सैनिक जर्नेलहरूका पालित पोसित पत्रकार, प्राध्यापकहरू दरबारमा राजाले कुन चरालाई चारो खुवाएँ भनेर समाचार दिने पनि तपाईंहरू । तपाईंहरूको वास्तविक ऐना केहो ? यो पनि हेर्नुहोला ।
राजदरबार सुरक्षामा तपाईं सैनिक सचिव विवेक शाह, प्रधानसेनापती र एडिसिहरूको कुनै सुरक्षा जिम्मेवारी थिएन ? दरबारहत्याकाण्ड पुर्ब तत्कालीन डिआइजी अशोक श्रेष्ठको नेतृत्वमा रहेकोे दरबारको प्रहरी फोर्स किन हटाइयो ? तत्कालीन गृहमन्त्री रामचन्द्र पौडेल र प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रहरी हटाउने स्वीकृति किन दिए ? जवाफ छ ? तपाईंको पुस्तकमा यस्ता विषयत कहिँ पनि उल्लेख गरिएको रहेनछ । केवल दरबार हत्याकाण्डको सुरक्षा जिम्मेवारी नलिएको तपाई र तपाई जस्तै षड्यन्त्रकारी प्रधानसेनापती र एडिसिहरूलाइ चोखोछन् भन्ने देखाउन खोजेको मात्रै देखिन्छ ।
तपाईंहरूले जति नाटक गरे पनि २०५८ जेष्ठ १९ को दरबार हत्याकाण्ड तपाईंहरू जस्ता सैनिक जनरलहरूको षड्यन्त्रमा भएको हो र त्यसका पछि रअ र सिआइएको कालो हात रहेको अस्वाभाविक होईन । जनताको तहबाट देखेको दरबार र राजनीतिक चिरफार हो, नारायणहिटी हत्याकाण्ड, नेपाली कम्युनिष्ट र सिआइए पुस्तक । यो दोश्रो सस्करण हो, आगामी सस्करणमा जनताको तहबाट खोज्दै जाँदा भेटिने नयाँ सामाग्रीहरू थपिने छन् । (सबैलाई चेतना भया)