Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। राप्रपाका वरिष्ठ नेता तथा प्रतिनिधि सभा सदस्य दीपक बोहोरा र साहित्यकार उन्नती बोहरा शीलालाई पुत्रीशोक परेको छ । बोहोराकी एक मात्र छोरी चाँदनी जेनी बोहोरा ग्यारेटको ४६ वर्षको उमेरमा निधन भएको हो । चाँदनी मिस युनिभर्स २०२३ बिजेता जेनी दीपिका ग्यारेट, ज्योतिका ग्यारेट र जोसाय ग्यारेटकी आमा हुन् । अमेरिकन नागरिकसँग बिहे गरेकी जेनीका दुई छोरी र एक छोरा छन् । दीपकको रुपन्देही घर भएपनि अहिले काठमाडौंमै बसेका छन् । अहिले जेनी पनि श्रीमान र बच्चाबच्चीसहित काठमाडौं बालुबाटारमा बसेको बेला एक्कासी बिरामी परेर मृत्यु भएको दीपकका निजी सचिव शंकर खत्रीले जानकारी दिएका छन् ।
२०८१ फाल्गुन ७
ताजा नेपाल
२०८१ फाल्गुन ७
ताजा नेपाल
२०८१ फाल्गुन ७
ताजा नेपाल