Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राप्रपा भन्ने पाटी ज्ञानेन्द्रको दलाल पाटी हो, कमल थापालाई हटाउँदैमा राजतन्त्र फर्कँदैन : मसाल

राष्ट्रिय जनमोर्चाको मातृपार्टी नेकपा मसालले राप्रपालाई पूर्वराजा ज्ञानेन्द्रको दलाली गर्ने पार्टी बताएको छ । राजतन्त्र र हिन्दु राष्ट्रको मुद्दा नै कमजोर भएकाले राप्रपा कमजोर बनेको बताउँदै मसालले भनेको छ, ‘राप्रपाको नेतृत्वमा हुने हेरफेरले त्यो अवस्थामा कुनै फरक ल्याउने छैन राप्रपाको महाधिवेशन पनि भर्खरै सम्पन्न भएको छ । त्यसमा पूर्व राजाद्वारा समर्थित पक्ष नै विजय भएको छ । पहिलेको नेतृत्वले राजतन्त्र र हिन्दू राष्ट्रका मुद्दाहरूलाई प्रभावशाली प्रकारले लैजान नसकेको भनेर नै पूर्व राजाद्वारा पहिलेको नेतृत्वलाई पाखा लगाउने काम गरिएको छ’ मसालका महामन्त्री मोहनविक्रम सिंहले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘मुख्य प्रश्न राप्रपाको नेतृत्वमा को आउँछ र को जान्छ भन्ने होइन, देशको प्रतिगामी धाराको मुख्य नेतृत्व पूर्व राजाद्वारा नै गरिएको छ ।’
सिंहद्वारा जारी विज्ञप्तिमा अगाडि भनिएको छ, ‘अहिलेको राप्रपाको चुनाव, त्यसमा राजाको हस्तक्षेप स्वयं राप्रपाका पूर्वअध्यक्ष कमल थापाले सार्वजनिक गरेको वक्तव्य समेतबाट यो कुरा प्रष्ट भएको छ कि त्यो राप्रपा कुनै स्वतन्त्र राजनीतिक संगठन नभएर पूर्व राजाको निर्देशनमा चल्ने एउटा दलाल राजनीतिक ‘पार्टी’ मात्र हो ।’

 


सम्बन्धित समाचार