Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले बागमती प्रदेशसभामा रहेका राप्रपाका सांसदहरू हालसम्म पदमुक्त नभएको दाबी गरेका छन्।
शाहीले सामाजिक सञ्जालमार्फत पार्टीले सांसदहरूलाई कारबाही गर्न बागमती प्रदेशसभा सचिवालयमा निवेदन मात्र दिएको भन्दै निवेदन बुझाउँदैमा सांसद पद स्वतः समाप्त नहुने स्पष्ट पारेका हुन्।
उनका अनुसार सभामुखबाट औपचारिक निर्णय वा सम्बन्धित कानुनी प्रक्रियाअनुसार निर्वाचन आयोगबाट पदमुक्त भएको औपचारिक घोषणा नभएसम्म सांसदहरूलाई पदमुक्त भएको भन्न मिल्दैन।
‘निवेदन बुझाउँदैमा सांसद पदमुक्त हुँदैन। सभामुखबाट औपचारिक निर्णय वा कानुनी प्रक्रियाअनुसार निर्वाचन आयोगबाट पदमुक्त भएको औपचारिक घोषणा नभएसम्म पनि पदमुक्त भएको भनेर प्रचार गर्नु उचित हुँदैन,’ शाहीले भनेका छन्।
उनले पार्टीका आधिकारिक व्यक्ति तथा जिम्मेवार नेताहरूले समेत तथ्य नबुझी गलत सूचना फैलाउन थालेको भन्दै त्यसले पार्टीलाई बलियो बनाउन नसक्ने टिप्पणी गरेका छन्।
शाहीले पार्टीले आफ्ना सांसदलाई कारबाही गर्न सक्ने भए पनि कारबाहीका लागि निवेदन दिँदैमा उनीहरूको सांसद पद समाप्त नहुने दोहोर्याएका छन्।
उनले सम्बन्धित निकायबाट औपचारिक निर्णय नआएसम्म सांसद पदमुक्त भएको समाचार सम्प्रेषण नगर्नसमेत आग्रह गरेका छन्।
‘उहाँहरू जनताबाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ। उहाँहरूको पदको आधार जनताको मत हो। त्यसैले भावनामा होइन, तथ्यमा बोलौँ। गलत सूचना होइन, सत्य कुरा प्रचार गरौँ,’ शाहीले भनेका छन्।
बागमती प्रदेशमा मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिन लागिरहेका बेला राप्रपाभित्रको विवाद थप सतहमा आएको छ। यही पृष्ठभूमिमा सांसदहरूको पदसम्बन्धी राप्रपा प्रवक्ताको पछिल्लो अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
२०८३ भाद्र ९
ताजा नेपाल
२०८३ भाद्र ९
ताजा नेपाल
२०८३ भाद्र ९
ताजा नेपाल