Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रामचन्द्रले विकल्प खोजेपछि देउवा तयार

काठमाडौं। राजनीति प्रधानमन्त्री केपी शर्मा ओलीको औंलामा घुमेको छ । अल्पमतमा परेका ओलीलाई अविश्वास प्रस्ताव समेत दर्ता गर्ने हिम्मत विपक्षी दलहरुमा देखिन सकेको छैन । लाचार बनेको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको बल्ल राजीनामा मागेको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले ओलीको राजीनामा माग्दै सरकारको नेतृत्वका लागि अघि बढ्ने निर्णय गरेको हो । साँझ पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले सरकारको नेतृत्वका लागि पहल गर्ने निर्णय गरेको हो । यसअघि काँग्रेसले स्थिति परिपक्व नभएको भन्दै नेतृत्वका लागि अघि बढ्न निर्णय लिन सकेको थिएन । काँग्रेसभित्र सभापति शेरबहादुर देउवा नेतृत्वका लागि बढ्न मानिरहेका थिएनन् । उनलाई वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्वका लागि बढ्न नमाने विकल्पमा अन्य नेतालाई सार्नुपर्ने प्रस्ताव राखेका थिए । काँग्रेसले ओलीइतर समिकरणबाट सरकारको नेतृत्व लिन माओवादी केन्द्र र जनता समाजवादी पार्टीको साथ हुनुपर्छ । तर, जसपाले पनि सरकारको नेतृत्वको दाबी गर्दै आएको छ ।