Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रामचन्द्र पोडेलद्वारा मतदान प्रक्रिया बहिष्कार

काठमाडौं । काँग्रेस सभापतिको दौडबाट मैदान छाडेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा मतदान नगर्ने भएका छन् । पौडेल संस्थापनइतर समूहबाट सर्वसम्मत सभापतिको उम्मेदवारको अडानमा थिए । तर, सहमति जुट्न नसकेपछि पौडेल सबै तहका प्रतिस्पर्धाबाट बाहिरिए नै मतदानमा नै सहभागी नहुने घोषणा गरेका छन् । अव उनले मतदान समेत नगर्ने जनाएका छन् । पौडेल सभापतिको लागि सहमति नभएपछि रुष्ट भएका पौडेललाई भेट्न प्रधानमन्त्री एवंम कांग्रेस सभापति शेरवहादुर देउवा उनको निवास बोहराटोल पुगेका थिए । देउवासँगको भेटमा पनि पौडेलले तटस्थ बस्ने बताएका थिए । सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् ।
नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत १३ जना पदाधिकारीसहित १ सय ३२ जना नेता निर्वाचनबाट चुन्न आज मतदान हुँदै छ । प्रदेश २ बाट चयन हुने दुई केन्द्रीय सदस्य भने आइतबार नै निर्विरोध निर्वाचित भइसकेका छन् । कांग्रेस विधानअनुसार १ सय ३४ जना निर्वाचनमार्फत चयन हुने व्यवस्था छ । कांग्रेसको २४ मंसिरबाट काठमाडौंमा सुरु महाधिवेशनमा अब ४ सय ८९ जना उम्मेदवार नेतृत्व लिन अघि बढेका छन् । यीमध्ये अब १ सय ३२ जना जारी महाधिवेशनबाट केन्द्रीय कार्यसमितिका लागि मतदान प्रक्रियामार्फत चुनिँदै छन् । प्रदेश २ तर्फबाट रमेश रिजाल र आनन्द ढुंगाना भने निर्विरोध निर्वाचित बनेका हुन् ।