Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेताहरुलाई स्पष्टीकरण पत्र थमाइएको छ । अध्यक्ष ओलीको अवैधानिक निर्णय विरुद्ध उत्रेका उपाध्यक्ष भिम रावलले भने पत्र पाएका छैनन् । एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले सोमबार चारै जना नेताहरुलाई स्पष्टीकरण सोधिएको पत्र थमाइएको छ । बैठकको निर्णयअनुसार चारै जना नेताहरुका स्वकीय सचिवमार्फत पत्र दिइएको छ । शनिबार बालुवाटारमा बसेको एमाले केन्द्रीय समिति बैठकले नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पार्टी हितविपरीत काम गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । नेता भीम रावलले भने आफू समक्ष स्पष्टीकरण पत्र आइनपुगेको बताए । खै कसलाई थमाए मलाई त थाहा भएन, मकहाँ आइपुगेको छैन रावल बताउछन् ।
२०८२ चैत्र ३
ताजा नेपाल
२०८२ चैत्र ३
ताजा नेपाल
२०८२ चैत्र ३
ताजा नेपाल