Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राष्ट्रघाती एमसीसीविरुद्ध साताव्यापी सङ्घर्ष !

काठमाडौँ । राष्ट्रघाती अमेरिकी परियोजना एमसीसीविरुद्ध नेकपाले भदौ २८ गते काठमाडौँमा बृहत् जनसभासहित साताव्यापी सङ्घर्ष घोषणा गरेको छ । नेकपाको केन्द्रीय कार्यालयले मङ्गलबार बिहान दिएको जानकारीअनुसार भदौ २३ गते बुधबार देशव्यापी कोणसभा, २५ गते देशव्यापी विरोध प्रदर्शन, २६ गते राष्ट्रघाती एमसीसी सम्झौता जलाउने, २७ गते एमसीसीका विरुद्ध सिट्ठी जुलुस गर्ने र बेलुन उडाउने र भदौ २८ गते विरोध प्रदर्शनसहित काठमाडौँमा विशाल जनसभा आयोजना गर्ने बताइएको छ ।

सरकारले यसै साता संसद्बाट एमसीसी पारित गर्ने षड्यन्त्र गर्दै राष्ट्रियतामाथि घात र वाक्स्वतन्त्रतामाथि प्रतिबन्ध लगाउने धम्की दिएपछि देशभक्त र क्रान्तिकारी शक्ति आन्दोलित बनेका छन् । नेकपाको अन्तर्राष्ट्रिय विभागले राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध काठमाडौँमा अन्तरक्रिया आयोजना गरिरहेको छ । त्यहाँ अघि पछि ठाँउ नपाउने लन्ठुदास विज्ञहरु सहभागी भएका छनु । डा. सुरेन्द्र केसी वैद्य समूहका सिपी गजुरेल जस्ता मान्छेहरुका लागि यतिखेर नेकपा चन्दको कार्यक्रम फलिबुत भएको छ । विभिन्न पार्टीका नेता र विश्लेषकहरूले राष्ट्रघाती एमसीसीविरुद्ध मन्तव्य दिने कार्यक्रम सार्वजनिक गरिएको छ ।

एमसीसीविरुद्ध नेकपा, पार्टीको अन्तर्राष्ट्रिय विभाग र केन्द्रीय जनपरिषद्ले विज्ञप्तिमार्फत आन्दोलन र कार्यक्रमहरू सार्वजनिक गरिसकेको छ । नेकपाले लामो समयदेखि एमसीसीविरुद्ध देशव्यापी सङ्घर्ष गर्दै र जनचेतना जगाउँदै आएको छ । नेकपाका जनवर्गीय सङ्गठन र मोर्चाहरू लामो समयदेखि एमसीसीविरुद्ध सडकमा आन्दोलित छन् ।

एमसीसीविरुद्ध कहाँ कस्तो आन्दोलन

२३ गते बुधबार देशव्यापी कोणसभा
२४ गते जुलुस प्रदर्शन
२५ गते सिट्ठी जुलुस
२६ गते राष्ट्रघाती एमसीसी सम्झौता जलाउने
२७ गते एमसीसीका विरुद्ध बेलुन उडाउने
२८ गते विरोध प्रदर्शनसहित काठमाडौँमा जनसभा गर्ने कार्यक्रम छ ।

त्यो कार्यक्रमको स्थान भने तोकिएको छैन । तर जनताले अनेत्र ठाँउ छैन त्यही शान्तिबाटिका त हो भन्दै क्रान्तीकारीहरुको खिस्सी उडाएका छन् ।