Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । भर्खरै मात्र मुटुको उपचारपछि राष्ट्रपति निवास फर्किनुभएका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा पुन समस्या देखिएको छ । उहाँको मुटुमा समस्या देखिएपछि शनिबार बिहान २ बजे त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुर्याएको थियो । थप उपचारका लागि बिहान पाँच बजे नै शिक्षण अस्पतालसँगै रहेको मनमोहन कार्डियो थोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको राष्ट्रपतिका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिएका छन् । स्वकीय सचिव अधिकारीका अनुसार राष्ट्रपतिको स्वास्थ्य अहिले सामान्य छ । गत मंगलबार राष्ट्रपति पौडेल मुटुमा समस्या देखिएपछि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना हुनुभएको थियो । उपचार गराएर डिस्चार्ज भएको केही दिनमै उनलाई पुन समस्या देखिएको हो । राष्ट्रपति पौडेलले वैशाखमा भारतको नयाँ दिल्लीमा लामै समय उपचार गराएर आउनुभएको थियो ।
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल