Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठक एमालेद्वारा बहिष्कार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजना गरेको सर्वदलीय बैठक नेकपा एमालेले बहिष्कार गरेको छ। अहिले शीतल निवासमा सर्वदलीय बैठक जारी छ। त्यसमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी भएको छैन। बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाहेकका दल मात्र सहभागी छन्। एमाले उपाध्यक्ष सुवास नेम्वाङले सर्वदलीय बैठकबारे जानकारी नभएको दाबी गरे। खासगरी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले एक महिनादेखि संसद्‌मा गरिरहेको अवरोध खुलाउने विषयमा राष्ट्रपतिद्वारा आइतबार नै निर्धारित समयअनुसार आज सर्वदलीय बैठक बसेको हो। तर यसबीच ९सोमबार राति० संसद्को अवरोध हटाउन एमाले तयार भइसकेको छ। आजैबाट संसद् बैठक सञ्चालन हुने अपेक्षा गरिएको छ। आजको सर्वदलीय बैठकमा राष्ट्रपतिले दलहरूसँग देशका अन्य समसामयिक विषयमा छलफल गर्ने शीतल निवास स्रोतले जानकारी दिएको छ।