Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राष्ट्रपति पदकै दुरुपयोग !

काठमाडौं । क्रेनले तानेर राजनीतिक पहुँचमा ल्याइएका मुर्खहरुको चाल यसपटक विद्या भण्डारीको व्यवहारले छर्लङ्ग बनायो । विद्या तत्कालिन एमालेकी कर्मठ नेतृ थिइनन् । तै पनि केही दिन यता प्रधानमत्री केपी ओली उनीसँग परामर्श लिने नाममा शितल निवास धाइरहेका छन् । नेपाली राजनीति बुझेका धेरैलाई थाहा छ विद्यादेवी भण्डारी कुन सिद्धान्तकार र चिन्तन भएकी नेतृ थिइन् र उनले केपी ओली अहंकारीलाई दिउन् सल्लाह र सुझाव । उनी केपी ओलीको अहंकारी प्रवृत्तिको भ¥याङ भइन् । उनले पाएको रक्षामन्त्री, महिला बालबालिका मन्त्री पद पनि एमालेभित्रको भागवण्डामा ओली गुटको साइनोसँग जोडिएकै हो । जनताकी छोरी भनेर विद्यालाई चुनाव जिताउने भोकभोकै खट्ने कार्यकर्ताले तब बुझे जब विद्या राष्ट्रपतिको मर्यादा बचाउने नेतृ हुन सकिनन् । केपी ओली जस्तो भ्रष्टाचारी र मुसदण्ड गुण्डाहरुको रक्षाकवज बन्ने नेतालाई महापुरुष ठानेर उनको जयजयकार गर्ने धतुरेहरुले दल विभाजनको अध्यादेश फिर्ता लिँदा के सोचेका छन् ? राजाको छत्रछायाँमा चलेको नेकपाको सेनाले विद्या भण्डारी र डा. रामवरण यादव जस्ता लोभी र दरिद्रको सेवा राम्रै ग¥यो । डा. रामवरण काँग्रेसको राष्ट्रपति भए विद्या भण्डारी नेकपा एमालेभित्रको केपी गुटको राष्ट्रपति ! धिक्कार छ यिनीहरुलाई । नेपाली जनताले रगत पसिना बगाएर तिरेको करले मोटाएका डा. रामवरण र विद्या जस्ताले आफूले पाएको लोकतान्त्रिक नेपालको गणतान्त्रिक राष्ट्रपति पदको सम्मान र गरिमा राखेनन् । यस्ता ठालुहरुलाई कसैले केही भन्न नहुने कानुन बनाए भयो नि !
केपी ओलीले जबर्जस्ती ढंगले एक्लै प्रस्तुत गरेको दल विभाजन सम्बन्धी अध्यादेश मन्त्री परिषद्मा प्रस्तुत गर्दा विमती जनाएका मन्त्रीहरुले जितेका छन् । योगेश भट्टराई, गिरीराजमणि पोखरेल, घनश्याम भुसाल, वर्षमान पुन, शक्ति बस्नेतहरु ओलिका निम्ति कसिंगर भएका छन् । उनका लागि डा. युवराज खतिवडा, ईश्वर पोखरेल, भानुभक्त ढकाल, किचेनभित्रका सारथी बनेका छन् । नेपाली जनताले कोरोना कहरका बेला देश लुट्ने यिनीहरुलाई चिन्ने छन् । सत्तामा हुँदा पो बन्दुकेको सहारामा उनीहरुले घमण्ड व्यक्त गरेका हुन् । ओलीवादले मच्चाएको आतंकमा राष्ट्रपति विद्यादेवी भण्डारीले इटा थपेकी छिन् । पदको गरिमा, प्रधानमन्त्रीले राखेनन् भने कमाउनकै लागि गुट बदल्ने ईश्वर पोखरेलले बचाउँछन् भन्ने आशा के हुनु ? कोरोना नियन्त्रण औषधि खरिदमा ईश्वरको बहादुरीलाई कसले निगरानी गर्ने ? ओली अहंकार मन्त्री परिषदको वैशाख १२ गतेको बैठकले तोड्यो । ११ गते स्थायी समितिका २० जनाको चेतावनी र सचिवालयको बहुमत सदस्यको दबावले काम ग¥यो विद्या त ओली पक्षकी रवर स्ट्याम्प भएकै छिन् । अहिले पार्टीमा बढिरहेको विवाद समाधानका निम्ति नेताहरु आन्तरिक छलफलमा जुटिरहेको अवस्था भए पनि निश्कर्ष भने निक्लिसकेको छैन । लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउने नाममा कुनै पनि षड्यन्त्रलाई बन्देज लगाएको संविधान समेत संशोधन गर्ने हिम्मत यही बेला प्रदर्शन गर्नु बेमौसमी बाजा बाहेक केही थिएन ।


सम्बन्धित समाचार