Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । विशेष महाधिवेशन पक्षधरले राजधानी घेरिसकेका बेला राष्ट्रपति रामचन्द्र पौडेल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पार्टीमा भेटवार्ता भएको छ। कांग्रेसमा महाधिवेशनको विवाद उत्कर्षमा पुगेका वेला शनिबार दिउँसो राष्ट्रपति पौडल र सभापति देउवाबीच शीतलनिवासमा भेटवार्ता भएको कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतले बताए। कांग्रेसमा देखिएको विवाद मिलाउन सभापति देउवालाई राष्ट्रपति पौडेलले आग्रह गरेका थिए। हिजो राष्ट्रपतिज्यू र सभापतिज्यूबीच भेटवार्ता भएको हो। सभापतिज्यूले भेटवार्ता भएको खुलाउनु भयो। के के विषयमा छलफल भयो भन्ने भन्नू भएन। सामान्य र स्वाभाविक भेटघाट हो, महतले भने। कांग्रेसमा विवाद बढ्दै गएपछि राष्ट्रपति पौडेलले शुक्रबार महामन्त्री गगन थापा र नेता रमेश लेखकलाई शीतलनिवास बोलाएर लामो छलफल गरेका थिए। राष्ट्रपति पौडेलले शीतल निवास पुग्ने कांग्रेस नेताहरू पार्टीको विवाद मिलाउन आग्रह गरिरहेका छन्। नियमित र विशेष महाधिवेशनको विवादले कांग्रेसमा दुई खेमा देखिएका छन्। कांग्रेसको केन्द्रीय सम्पादन समितिले नियमित महाधिवेशनको कार्यतालिका आगामी वैशाख २८(३१ तोकेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आइतबारबाट विशेष महाधिवेशन अगाडि बढाएका छन्। भृकुटीमण्डपमा विशेष महाधिवेशन सुरु भइसकेको छ ।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल