Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राष्ट्रपति भण्डारी र प्रचण्डबीच भेटवार्ता

काठमाडौंं । प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुर गएका बेला नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसँग आइतबार भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री एवं नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओली उपचारका लागि सिंगापुर रहेका बेला पार्टीका कार्यकारी बनेका अध्यक्ष प्रचण्ड र राष्ट्रपति भण्डारीबीच शीतल निवासमा भेटवार्ता भइरहेको हो। नेकपा अध्यक्ष प्रचण्ड र राष्ट्रपति विद्यादेवीबीच झण्डै २ घण्टा देशका समसामयिक विषयमा भलाकुसारी चलेको थियो ।
पछिल्लो समय पार्टीभित्रको विवाद मिलाउन समेत राष्ट्रपतिले भूमिका खेलेको चर्चा भइरहेका बेला अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेकी हुन्। भेटघाटमा अर्का अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा पार्टीभित्रको विवाद मिलाउन प्रचण्डलाई दबाव दिइएको बताइएको छ ।


सम्बन्धित समाचार