Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राष्ट्रियसभा अध्यक्षमा खडा भए दाहाल र शर्मा

काठमाडौं। ​परिस्थिति फेरिएवपछि राष्ट्रियसभाको अध्यक्ष पदका आकांक्षी पनि फेरिएका छन् । अध्यष पदका लागि लागि सत्तागठबन्धन र विपक्षी दलका तर्फबाट फरक–फरक उम्मेदवारी दर्ता भएको छ। सोमबार संघीय संसद् भवन नयाँबानेश्वरमा निर्वाचन प्रक्रियाअन्तर्गत सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का सांसद नारायण दाहाल र विपक्षी दलका तर्फबाट नेपाली कांग्रेसका सांसद युवराज शर्माले उम्मेदवारी दर्ता गराएका हुन्। दाहालको प्रस्तावकमा सोही पार्टीका सांसद गोपीबहादुर अछामी र समर्थकमा नेकपा (एमाले) का सांसद देवेन्द्र दाहाल, नेकपा (एकीकृत समाजवादी) का सांसद बेदुराम भुसाल र जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिद रहेका छन्। त्यस्तै कांग्रेस उम्मेदवार शर्माको प्रस्तावकमा नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगाना र समर्थकमा कांग्रेसकै सांसद किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका किशोरकुमार सिंह रहेका छन्। उम्मेदवारी दर्ता गराउँदै सत्ता गठबन्धनतर्फका उम्मेदवार दाहालले आफूले दिएको योगदानको अनुसारको जिम्मेवारीका सन्दर्भमा उम्मेदवारी दिएको बताएका छन्। त्यस्तै उनले सामान्यतः प्रदेशको सह–इन्चार्जको जिम्मेवारीमा जाँदासमेत पार्टी अध्यक्ष प्रचण्डसँग जोडेर हेरिने गरेको भन्दै आफूमाथि लागेको आरोप पहिलो नभएको जिकिर गरे। त्यस्तै कांग्रेस उम्मेदवार शर्माले आफ्नो लामो राजनीतिक यात्रा र भूमिकाका कारण पार्टीले एक ढिक्काका साथ अध्यक्ष पदका लागि उम्मेदवार बनाएको बताए। उनले आफू अध्यक्षमा निर्वाचित भएमा संसदीय प्रणाली र पदको गरिमा बढाउने ढंगबाट कार्यसम्पादन गर्ने बताए। शर्माले पाँच दशक लामो राजनीतिक यात्रापछि राष्ट्रियसभामा दुई वर्षअघि प्रवेश गरेको र त्यस अनुभवका आधारमा पार्टीले अध्यक्षका उम्मेदवार बनाएको धारणा राखे। राष्ट्रियसभाको निर्वाचन मंगलबार हुँदैछ। राष्ट्रिय सभामा माओवादी १७ सांसदसहित पहिलो दल रहेको छ। एमाले १०, एकीकृत समाजवादी ८ र जसपा ३ गरी सत्ता गठबन्धनसँग राष्ट्रिय सभामा ३९ सांसद छन्। राष्ट्रिय सभा अध्यक्षमा मनोनीत हुनका लागि ३० जना सांसद भए बहुमत पुग्छ। त्यस्तै कांग्रेससँग राष्ट्रिय सभामा १६ सांसद छन् भने लोसपाको १ सांसद छ।