Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राष्ट्रिय सभामा सरकार पक्ष पछारिदै

काठमाण्डौ । आगामी जेठ ६ गते बागमति प्रदेश र १७ गते लुम्बिनी प्रदेशका राष्ट्रिय सभा सांसद पदको निर्वाचन हुँदैछ । यो निर्वाचनमा मत दाताका रुपमा संघ, प्रदेशका सांसदहरु र स्थानिय तहका मेयर, उपमेयर गाँउपालिका अध्यक्ष, उपाध्यक्ष, मत दाताका रुपमा रहनेछन् । बागमति प्रदेशमा सत्ता पक्षका उमेद्वार गृह मन्त्री राम बहादुर थापा रहेका छन् भने माओवादी, काग्रेस, एमाले माधव पक्षको उमेद्वारका रुपमा डा. खिमलाल देबकोटालाई अगाडि सारेको छ । यो निर्वाचनमा बागमति प्रदेशमा एमाले एक्लै बिजय हुन सक्थ्यो तर अन्तर पार्टी कलहले नेतृत्व दुई गुटमा विवाजित हुँदा निर्वाचन जित्ने एमाले कै भए पनि सरकारी पक्षका उमेद्वार राम बहादुर थापा भने पराजित हुने अवस्था छ । बागमति प्रदेशमा एमाले ५७, माओवादी २३, काग्रेस २२, विवेकशील ३, राप्रपा २, नेमकिपा २, र स्वतन्त्र १ गरि ११० मत रहेका छन् ।

उता लुम्बिनीमा एमालेको सांसद पदबाट राजीनामा दिई नेपाली काग्रेसमा प्रवेश गरेका दीर्घ नारायण पौडेललाई राष्टिय सभाको सांसद पदको उमेद्वार बनार्ईएको छ । माओवादीले राम बहादुर थापा बादल एमाले पक्षमा लागेपछि राष्ट्रिय सभामा आफ्नो २३ मतको भरमा उमेद्वार उठाउन चाहेन । लुम्बिनी प्रदेशमा नेपाली काग्रेसले हिजो काग्रेस त्यागेर सांसद पदका लागि एमाले प्रवेश गरि निर्वाचित भएका तर पछिल्लो राजनीतिक घटना क्रमबाट प्रदेश सांसद पद त्यागेका पाण्डेलाई नै उमेद्वार बनाएको छ । सरकार पक्षले यी दुवै प्रदेशका राष्ट्रिय सभा सदस्य पद हात लगाउने अवस्था देखिदैन ।