Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राष्ट्रिय सम्मानका साथ भट्टराइको अन्त्येष्टी

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको दाहासंकार पशुपति आर्यघाटमा गरिएको छ । उनको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गरिएको हो । उनलाई नेपाल प्रहरीले सलामी दिएको थियो । केशवलाई श्रद्धाञ्जली दिनका लागि सूचना, प्रविधी तथा संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटा पशुपति आर्यघाट पुगेका थिए । उनलाई १५ बर्षका छोराले दागवत्ती दिएका थिए । भट्टराइको आइतबार राती निधन भएको थियो । उनको शवमा संचारमन्त्री बास्कोटाले नेपालको झण्डा ओडाएका थिए । यस्तै, कलाकार दीपक क्षेत्रीको पनि अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा गरिएको छ । दीपकको निधन शनिबार भएको थियो । चलचित्र क्षेत्रका दुई व्यक्तिलाई गुमाउन पर्दाको पीडा चलचित्रकर्मीको आँखामा देखिन्थ्यो । चलचित्र विकास बोर्डमा श्रद्धाञ्जली दिन पुगेका चलचित्रकर्मी पशुपति आर्यघाट पनि पुगेका थिए । पुराना पुस्ताका अधिकांश कलाकार पशुपति आर्यघाटमा पुगेका थिए ।
भट्टराई र क्षेत्रीको पार्थिव शरीरलाई पशुपति आर्यघाट लैजानु अघि चलचित्र विकास बोर्डको परिसरमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । विकास बोर्डको परिसरमा दुई चलचित्रकर्मीलाई श्रद्धाञ्जली दिनका लागि उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेल पुगेका थिए ।


सम्बन्धित समाचार